हङकङमा घट्यो सार्वजनिक आवासको प्रतीक्षा समय

हङकङमा घट्यो सार्वजनिक आवासको प्रतीक्षा समय

आवास प्राधिकरणले यस वर्ष औसत प्रतीक्षा समय स्थिर रहने आकलन गरेको छ (एससीएमपी)


नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १२:४९, हङकङ

हङकङमा सार्वजनिक आवास फ्ल्याट भाडामा लिनको लागि पर्खाइको समय केही घटेको छ।

शुक्रबार आवास प्राधिकरणले जनाएअनुसार मार्चको अन्त्यसम्मको औसत पर्खाइ समय ५.८ वर्षबाट ५.७ मा झरेको छ।

त्यस्तै, वृद्ध आवेदकको लागि औसत प्रतीक्षा समय ०.२ वर्ष घटेर ३.८ मा झरेको छ।

आवास प्राधिकरणले आफ्ना धेरै परियोजना क्रमशः पूरा हुने चरणमा रहेको बताएको छ।

यद्यपि, केही निर्माण कम्पनीले घातक दुर्घटनापछि सुरक्षा सरोकारका कारण आफ्नो इजाजत पत्र गुमाएकाले लक्ष्यअनुसार प्रगतिमा केही ढिलाइ हुने देखिएको प्राधिकरणले जनाएको छ।

यस वर्ष (सन् २०२४) मा औसत प्रतीक्षा समय स्थिर रहने प्राधिकरणको आकलन छ।

पर्खाइको यस अवधिमा सरकारले अल्पकालीन आवास उपलब्ध गराउने संक्रमणकालीन आवास निर्माणलाई पनि निरन्तरता दिने प्राधिकरणले जनाएको छ। -एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .