हङकङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर

हङकङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर

दुर्घटनाग्रस्त कारलाई ट्रकमा लगिँदै (एससीएमपी)


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ११:५, हङकङ

बिहीबार बिहान हङकङको चुनमुन रोडमा कार दुर्घटना हुँदा चालकसहित एक यात्रुको मृत्यु भएको छ भने अर्का एक यात्री गम्भीर घाइते भएका छन्।

घाइते तीनै जनालाई बेहास अवस्था चुनमुन अस्पताल लगिएको थियो। तर, अस्पतालले दुई जनालाई मृत घोषित गर्‍यो भने तेस्रो व्यक्तिको शल्यक्रिया भइरहेको सरकारी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

मृतक दुवै जनाको घटनास्थलमै मृत्यु भएको आशंका गरिएको छ। मृत्यु हुनेहरूमा चाङ उपनामका २५ वर्षीय चालक र चान उपनामका २६ वर्षीय पुरुष हुन्।

गम्भीर घाइते अर्का यात्रु एनजी उपनामकी २३ वर्षीया महिलाको अवस्था अझै अज्ञात छ।

बिहान करिब साढे तीन बजे कार चुनमुन रोडको डिभाइडरमा ठोकिएर दुर्घटना भएको थियो।

सरकारी प्रवक्ताले दिएको जानकारी अनुसार सिउ लाम पुग्दा कारले नियन्त्रण गुमाइ डिभाइडरमा ठोकिन पुगेको हो।

दुर्घटनाका कारण बन्द भएको उक्त क्षेत्रको यातायात आवागमन बिहान साढे ९ बजेदेखि खोलिएको तर यातायात आवागमन सहज हुन केही समय लाग्न सक्ने यातायात विभागले जनाएको छ।

यसका कारण चुनमुन रोडको वान बाउन्ड खण्ड प्रयोग गर्ने केएमबी बस सेवा प्रभावित भएकोले सर्वसाधारणलाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न विभागले सुझाव दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .