हङकङमा आगामी १० दिनको मौसम : आँधीसहित वर्षाको सम्भावना

हङकङमा आगामी १० दिनको मौसम : आँधीसहित वर्षाको सम्भावना

आगामी १० दिन हङकङमा वर्षा हुने अब्जर्भेटरीको पूर्वानुमान छ (द स्ट्यान्डर्ड)


नेपालखबर
चैत १५, २०८० बिहिबार १७:३९, हङकङ

अबका १० दिन सहरमा वर्षा हुनसक्ने हङकङ अब्जर्भेटरीले भविष्यवाणी गरेको छ।

मौसम महाशाखाको नौ दिनको मौसम पूर्वानुमानअनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ। दिउँसो मेघगर्जनसहित पानी पर्न सक्छ।

आइतबार पनि मौसम बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

मंगलबारदेखि भने मौसममा सुधार भई केही क्षण घाम लाग्ने र केही क्षण बदली भई एक/दुई स्थानमा पानी पर्न सक्नेछ। तापक्रम पनि ३० डिग्री सेल्सियससम्म पुग्नेछ।

अब्जर्भेटरीले छुट्टी मनाउन जानेहरूलाई लक्षित गरी ग्रेटर बे एरियामा अस्थिर मौसमको चेतावनी समेत दिएको छ।

उता, मुख्यभूमि चीनमा पनि आगामी हप्ता पानी पर्ने त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ।

केन्द्रले बिहीबार जारी गरेको मौसम पूर्वानुमानअनुसार दक्षिणी चीनको मध्य र उत्तरी भागमा अप्रिल ६ सम्म १२० देखि १५० मिलिमिटरसम्मको वर्षा हुने संकेत गरेको हो।

जुुन सोही अवधिको सामान्य वर्षाको तुलनामा ४० देखि ७० प्रतिशत बढी र कतिपय क्षेत्रमा भने औसतभन्दा दोब्बर बढी भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .