मधेस


वीरगन्जका पूर्वमेयर विजय सरावगीले एमालेबाट दिए राजीनामा

वीरगन्जका पूर्वमेयर विजय सरावगीले एमालेबाट दिए राजीनामा

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १३:१९, काठमाडौँ

वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले नेकपा एमाले छाडेका छन्। 

सरावगीले साधारण सदस्यसमेत नरहने गरी एमाले पार्टीबाट राजीनामा दिएका हुन्। 

उनले राजीनामा पत्र भने गत बुधबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका भए पनि यसको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत दिएका हुन्।  

नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको, निष्क्रिय बनाएर राखिएको गुनासो गरेका छन्। यसपछि आफू कुनै पनि दलमा नलाग्ने र स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने उनले बताएका छन्।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी गत स्थानीय तह निर्वचनभन्दा पहिले २०७८ फागुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। 

गत निर्वाचनमा एमालेबाट वीरगन्ज महानगरको मेयर पदमा चुनाव लडेका उनी हारेका थिए। उनलाई एमालेले २०७९ असार २७ गते केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको थियो।

सरावगीले अब कुनै दलमा नलाग्ने बताए पनि उनी उपेन्द्र यादव नेतृत्वको जसपामै चर्चा चलिरहेको छ।

हेर्नुहोस् राजीनामा पत्र-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .