कोशी


इटहरीमा आगलागीबाट महिलाको मृत्यु, घरमा आफैँले आगो लगाएको आशंका

इटहरीमा आगलागीबाट महिलाको मृत्यु, घरमा आफैँले आगो लगाएको आशंका

नेपालखबर
फागुन २०, २०८० आइतबार १०:२७, इनरुवा (सुनसरी)

सुनसरीको इटहरीमा आगलागीमा परी महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

इटहरी–६ का विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्थिन्। 

कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

कटुवालले डिप्रेसन (मानसिक चिन्ता) को औषधि खाइरहेकी थिइन्। 

उनी कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .