कोशी


हर्क साम्पाङ भन्छन्: मैले राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर किन हटाएँ भन्ने कुरा बिस्तारै थाहा हुनेछ

हर्क साम्पाङ भन्छन्: मैले राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर किन हटाएँ भन्ने कुरा बिस्तारै थाहा हुनेछ

नेपालखबर
फागुन १९, २०८० शनिबार १५:५, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर किन हटाएँ भन्ने कुरा बिस्तारै थाहा हुने बताएका छन्। 

मेयर साम्पाङले गत पुस १२ गतेदेखि उपमहानगरपालिकाको कार्यालयबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तस्बिर हटाएर किरात राजा यलम्बरको फोटो राखेका छन्। 

यसप्रति आपत्ति जनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर राख्न भनेर पुस १७ गते नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका नेता/कार्यकर्ता धरान उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। त्यस दिन उपमहानगरपालिका कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गर्नुपरेको थियो। तर मेयर साम्पाङले आफ्नो अडान नछाडेपछि दलका नेता/कार्यकर्ता त्यसै फर्किएका थिए।

उक्त विषयमा मेयर साम्पाङले अहिले पुनः अर्काे प्रतिक्रिया दिएका हुन्।  

‘मैले प्रम (प्रधानमन्त्री) र राप (राष्ट्रपति) को फोटो किन फालेँ भन्ने कुरा बिस्तारै थाहा हुनेछ। तर जति सक्दो चाँडो बुझिदिए देश बच्ने र बन्ने थियो’, उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढिलो गरी कुरा बुझ्नु र कुरा नबुझ्नुमा तात्विक फरक हुन्न। आशा छ– नेपाली समाजले छिटै कुरा बुझ्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .