कर्णाली


एमालेले सरकार छाडेको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो : ओली

एमालेले सरकार छाडेको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो : ओली

दैलेखकको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली (तस्बिर : दिनेश बुढा/नेपालखबर)


नेपालखबर
मंसिर १७, २०८० आइतबार १५:३४, दैलेख

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गरेका छन्। आइतबार दैलेखकको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्नेबित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गरे। 

‘एमाले हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो। गरिबी र महंगी बढ्यो। एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो। फेरि पनि विकासका लागि एमाले चाहिन्छ,’ ओलीले भने। 

केही मान्छेले पञ्चायतकालीन बेला नै ठिक भएको भन्ने गरेको भन्दै अहिलेको गठबन्धनका कारणमात्रै देशको विकास रोकिएको बताए। 

‘अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्र भन्दा पञ्चायत नै ठिक थियो भन्न सक्छन्। छिटो विकास भएन होला, अहिलेको गठबन्धन सरकारको कारणले विकासले गति लिन सकेन होला। हाम्रो जस्तो देशलाई उर्वर र समृद्ध बनाउन सकिन्छ,’ ओलीको भनाइ थियो। 

उनले अब नेपालमा विश्वका मानिसले हेर्न आउनैपर्ने ठाउँ बनाउनुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताए। 

‘विश्वका मानिसले अहिलेजस्तो १० लाख पर्यटक आए होइन, दुनियाँभरका मान्छेले यहाँको विकास, जलस्रोत, श्रमजीवि मानिस, र विद्धानका सन्तानलाई हेर्न जानुपर्छ भन्ने अवस्था बनाउनुपर्छ। एमाले त्यसका लागि नेतृत्व गर्न सक्षम छ,’ ओलीले भने।

आज पनि केही मानिसहरू प्रतिगमनतर्फ फर्कने कुरा गर्ने गरेको भन्दै त्यो देश र लोकतन्त्रविरुद्ध भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .