ग्लोबल


सांसद रेवन्ना महिलासँग अश्लील भिडिओमा देखिएपछि एसआईटी गठन

सांसद रेवन्ना महिलासँग अश्लील भिडिओमा देखिएपछि एसआईटी गठन

फाइल फाेटाे : जेडीएस सांसद प्रज्वल रेवन्ना


नेपालखबर
बैशाख १६, २०८१ आइतबार १९:२६, काठमाडौँ

भारतको कर्नाटक सरकारले जनता दल सेक्युलर (जेडीएस) का सांसद प्रज्वल रेवन्ना महिलासँग ‘अश्लील भिडिओ’मा देखिएको घटना अनुसन्धान गर्न अतिरिक्त डीजीपी स्तरका अधिकारीको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ।

सांसद रेवन्नाविरुद्ध महिलालाई यौन उत्पीडन गरेको आरोप पनि लागेको छ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हासन जिल्लामा अश्लील भिडिओ सेयर भइरहेको छ, यसले महिलाविरुद्ध अपराध भएको देखिन्छ।’

कर्नाटक महिला आयोगकी अध्यक्ष नागलक्ष्मी चौधरीले यस सम्बन्धमा राज्यका प्रहरी प्रमुख आलोक मोहनलाई पत्र लेखेर एसआईटी गठन गर्न माग गरेकी थिइन्। त्यसपछि मात्रै प्रदेश सरकारले अनुसन्धानका लागि एसआईटी गठन गरेको हो।

पीडित महिलाको उजुरीपछि महिला आयोगले प्रहरीलाई पत्र लेखेको थियो।

पीडितले आफ्नो ज्यान जोखिममा रहेको समेत बताइन्। यस सम्बन्धमा हसनको एक पुलिस स्टेसनमा एफआईआर पनि दर्ता गरिएको छ।

अघिल्लो आइतबार पेन ड्राइभमा उपलब्ध त्यस्ता भिडिओ हसन लोकसभा निर्वाचन क्षेत्रमा भाइरल हुन थालेका थिए। यस सिटमा अप्रिल २६ मा मतदान भएको थियो।

प्रज्वल रेवन्ना पूर्वप्रधानमन्त्री एचडी देवगौडाका नाति हुन्। रेवन्ना हसन सिटबाट फेरि चुनावी मैदानमा छन्। रेवन्ना होलेनरसीपुरका विधायक एचडी रेवन्नाका छोरा हुन्।

प्रज्वल रेवन्ना हिजो मात्र भारतबाट जर्मनी गएको कर्नाटक प्रहरीले सरकारलाई बताएको छ।

प्रज्वल रेवन्नाका चुनावी एजेन्ट पूर्णचन्द्र तेजस्वीले २१ अप्रिलमा दिएको उजुरीमा उनले नवीन गौडालगायतका विरुद्ध रेवन्नाको ‘फेक भिडिओ’ भाइरल बनाएको आरोप लगाएका थिए।

यस उजुरीमा राजनीतिक उद्देश्यका लागि रेवन्नाका भिडिओ घरघरमा वितरण गरिएको भनिएको थियो।

यी भिडिओ र आरोप छानबिन गर्न गठन गरिएको एसआईटी एडीजीपी बीके सिंहको नेतृत्वमा हुनेछ।

सिंहले यसअघि पत्रकार गौरी लंकेश हत्या प्रकरणमा गठित एसआईटीको नेतृत्व गरेका थिए। सहायक आईजीपी सुमन डी पेनेकर र मैसुर जिल्ला एसपी सीमा लाटकर यस एसआईटीमा सामेल छन्।

यसैबीच पत्रकारहरूसँग कुरा गर्दै जेडीएस नेता र पूर्वमन्त्री जीटी देवेगौडाले आफ्नो पार्टीले एसआईटी गठनको स्वागत गर्ने बताए। 

यस विषयमा भाजपाका प्रवक्ताले यो एक व्यक्तिसँग सम्बन्धित व्यक्तिगत मामिला भएको बताएका छन्। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .