ग्लोबल


पूर्वी युक्रेनको अर्को क्षेत्र कब्जामा लिएको रुसको दाबी

पूर्वी युक्रेनको अर्को क्षेत्र कब्जामा लिएको रुसको दाबी

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १८:५१, काठमाडौँ

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेटेन नजिकैको बस्ती कब्जा गरेको दाबी गरेको छ।

पछिल्लो समय यस क्षेत्रमा युक्रेन र रुसका सेनाबीच भीषण द्वन्द्व चलिरहेको छ।

तर रुसले गरेको कब्जा दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ। 

यस्तै रुसले चासिभ यार क्षेत्रमा युक्रेनको जवाफी आक्रमणलाई विफल पारेको दाबी पनि गरेको छैन।

रुसले दाबी गरेको बस्ती युक्रेनको रक्षा रेखाको हिस्सा हो।

अवदेवकालाई कब्जामा लिएपछि रुस अगाडि बढ्न खोजिरहेको छ।

विश्लेषकहरू रुसले आगामी केही हप्तामा धेरै क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताउँछन्।

अर्कातर्फ, युक्रेन अमेरिकाबाट हतियारको खेपको पर्खाइमा छ।

अमेरिकाले हालै युक्रेनलाई ६१ अर्ब डलर सहयोग गर्ने घोषणा गरेको छ।

यो सहयोगअन्तर्गत अमेरिकाले युक्रेनलाई धेरै उन्नत हतियार उपलब्ध गराउने भएको छ।

युक्रेनले लामो समयदेखि हतियारको अभाव भएको भनिरहेको छ। 

रुसले सुरुमा २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .