ग्लोबल


अमेरिकाले सुटुक्क दियो लामो दूरीको क्षेप्यास्त्र, युक्रेनले क्रिमियामा हान्यो

अमेरिकाले सुटुक्क दियो लामो दूरीको क्षेप्यास्त्र, युक्रेनले क्रिमियामा हान्यो

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १७:२८,

अमेरिकाले गुप्त रुपमा पठाएको लामो दुरीमा प्रहार गर्न सकिने क्षेप्यास्त्र युक्रेनले रुसविरुद्ध प्रयोग गर्न थालेको छ। अमेरिकी अधिकारीहरुले यसको पुष्टि गरेका छन्।

अमेरिकाले दिएको सो हतियार यसै महिना युक्रेन पुगेको हो। त्यसलाई युक्रेनको कारबाही गोप्य राख्न सार्वजनिक नगरिएको उनीहरुको भनाइ छ।

सो क्षेप्यास्त्र युक्रेनले क्रिमियामा आक्रमण गर्न प्रयोग गरिसकेको छ। गतसाता क्रिमियाको रुसी हवाई अखडामा सो क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ।

यसअघि अमेरिकाले युक्रेनलाई लामो दुरीमा प्रहार गर्ने हतियार दिन मानेको थिएन। त्यसैले मध्यमदुरीमा प्रहार गर्ने हतियार मात्रै दिँदै आएको थियो।

तर, फेब्रुअरीमा भने राष्ट्रपति जो बाइडेनले ३ सय किमि मार हान्न सक्ने एटीएसीएमएस क्षेप्यास्त्र सुटुक्क दिने अनुमति दिए।

तर, कति वटा त्यस्ता क्षेप्यास्त्र अमेरिकाले पठाएको हो, खुलाइएको छैन। 

अमेरिकाले थप ६१ अर्ब डलरको सहयोग युक्रेनलाई पठाउँदैछ। संसदबाट सो प्याकेज पारित भएपछि बुधबार बाइडेनले त्यसमा हस्ताक्षर गरिसकेका छन्।

युद्ध सुरु भएयता अमेरिकाले ४४ अर्ब डलरको सहयोग युक्रेनलाई पठाइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .