ad ad

ग्लोबल


सिंगापुरमा २० वर्ष प्रधानमन्त्री चलाएका ली अब मन्त्री बन्ने

सिंगापुरमा २० वर्ष प्रधानमन्त्री चलाएका ली अब मन्त्री बन्ने

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १६:३५,

सिंगापुरका प्रधानमन्त्री ली साइन लुङले अर्को महिना प्रधानमन्त्री पद छाड्दैछन्। तर, त्यसपछि पनि उनी वरिष्ठ मन्त्रीका रुपमा सरकारमा रहने उनका उत्तराधिकारी तोकिएका लरेन्स वङले बताएका छन्।

७२ वर्षीय लीले सोमबार आफ्नो २० वर्षीय शासन अन्त्य गर्ने घोषणा गरेका थिए। २००४ देखि प्रधानमन्त्री रहेका उनले मे १५ मा प्रधानमन्त्री पद छाड्दैछन्। 

त्यसपछि लरेन्स वङ प्रधानमन्त्री हुनेछन्।

ली सिंगापुरका प्रथम प्रधानमन्त्री ली क्वान युका जेठा छोरा हुन्। जसले गरिब सिंगापुरलाई ३१ वर्षको शासनकालमा विश्वकै धनी मुलुक बनाएका थिए।

वङ सिंगापुरले १९६५ मा स्वतन्त्रता प्राप्त गरेपछिका चौथो प्रधानमन्त्री हुनेछन्। उनी अर्थमन्त्री पनि हुन्।

मुलुकको आर्थिक वृद्धिको जस उनले लीलाई दिँदै उनले वरिष्ठ मन्त्री पद स्वीकार गरेको बताए। 

यसअघिका दुई पूर्वप्रधानमन्त्री ली क्वान यु र र गो चोक तोङले पनि पछि मन्त्री बनेर काम गरेका थिए।

त्यसबाहेक मन्त्रिपरिषदमा ज्यादा परिवर्तन नहुने वङले बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .