चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत ३’ को प्रदर्शन मिति तय भएको छ। पञ्चायतको तेस्रो पार्ट ओटीटी प्लेटफर्म अमेजम प्राइममा २८ मेबाट स्ट्रिमिङ हुँदैछ।
पञ्चायतका दुई सिरिजहरू दर्शकमाझ निकै चर्चित छन्। सन् २०२० पञ्चायतको पहिलो सिरिज रिलिज भएको थियो। दर्शकहरुले मन पराएको यो वेब सिरिजले आईएमडीबीमा ८.८ रेडिङ पाएको थियो।
त्यस्तै, दोस्रो सिरिज सन् २०२२ मा रिलिज भएको थियो। यसले पनि दर्शकहरुको मन जित्न सफल भयो।
पञ्चायतका पछिल्ला दुई सिजनमा फुलेरा गाउँका बासिन्दा विभिन्न चुनौतिसँग संघर्ष गरिरहेको देखाइएको थियो। अब नयाँ सिजनसँगै शृङ्खलाले नयाँ मोड लिनेछ अर्थात् फुलेरा गाउँमा फेरि हंगामा हुनेछ।
तेस्रो सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका देखिनेछन्। भाइरल फीवरले उत्पादन गरेको यस सिरिजलाई दीपक कुमार मिश्रले निर्देशन गरेका छन्। पञ्चायत ३ को कथा चन्दन कुमारले लेखेका छन् ।
Shares
प्रतिक्रिया