बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘बाजी’ मञ्चन हुने भएको छ। यो नाटक वैशाख २४ गतेदेखि ३० गतेसम्म नियमित मञ्चन हुँदैछ।
शिल्पी थिएटरले पोस्टर सार्वजनिक गर्देँ नाटकबारे जानकारी दिएको हो। हाल शिल्पीमा नाटक ‘ए आई’ चलिरहेको छ। यो नाटक सकिएलगत्तै ‘बाजी’ मञ्चन सुरु हुनेछ।
शिल्पी थिएटरको प्रस्तुति रहेको यो नाटक विदेशी कथामा आधारित छ। चर्चित रूसी नाटककार तथा कथाकार एन्टोन चेखवको कथालाई रङ्गकर्मी रविन परियारले नाट्य रुपान्तरण गरेका हुन्। नाटकको निर्देशन पनि परियारले नै गरेका हुन्।
नाटकमा रविनसहित गोविन्द्र ओली, सुमित भण्डारी, धनराज सुनार, सुशीला विश्वकर्मा, जय प्रकाश ताजपुरियाको अभिनय छ।
15
Shares
प्रतिक्रिया