कोका-कोला इन्डिया एन्ड साउथ वेस्ट एसिया उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाले पछिल्ला केही वर्षमा कम्पनीले ८० मिलियन डलर लगानी गरेको बताइन् ।
लगानी सम्मेलनमा सम्बोधन गर्दै राणाले नेपालमा थप लगानी बढाउँदै लैजाने बताएकी छन्।
कोका-कोला नेपालमा ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ। सन् १९७३ मा कम्पनी नेपाल आएको थियो।
एउटा काठमाडौं र अर्को भरतपुरमा गरी नेपालमा कम्पनीका २ वटा बोटलिङ प्लान्ट छन्।
राणाका अनुसार यसका २४० वितरक छन्। कम्पनीले नेपालमा करिब ६ हजार बढी प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना गरिएको उनको भनाइ छ।
228
Shares
प्रतिक्रिया