कारोबार


नबिल बैंक चोरी प्रकरण: २ शंकास्पद व्यक्ति पक्राउ, भेटिएन बोरामा हालेर लगेको १ करोड ३४ लाख

नबिल बैंक चोरी प्रकरण: २ शंकास्पद व्यक्ति पक्राउ, भेटिएन बोरामा हालेर लगेको १ करोड ३४ लाख

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८१ बुधबार ९:५३, काठमाडौँ

वीरगन्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

मंगलबार बिहान वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। 

‘बैंकको रकम चोरी गरेको आशंकामा हामीले दुई जनालाई पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाले नेपालखबरसँग भने, ‘चोरीमा संलग्न अन्यको खोजी भइरहेको छ। चोरी भएको रकम अहिलेसम्म फेला परेको छैन।’

उनले पक्राउ परेकाहरुको नाम भने खुलाएनन्। ‘उनीहरुलाई हामीले वीरगञ्जभन्दा बाहिरबाट पक्राउ गरेका हौँ। थप अनुसन्धान जारी छ। पछि हामी सबै विवरण सार्वजनिक गर्छौं,’ उनले भने। 

नबिल बैँकले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको थियो।

पर्सा प्रहरीले संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिन्छ। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ।

बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए। चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ।

सोमबार बिहान बैंकका गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो।

चोरीमा करिब ७ जनाको समूह सहभागी भएको पाइएको छ। मुख्य स्पेसमा राखिएका पैसा भने चोरले नलगेका प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .