कारोबार


सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आईएमई सम्मानित

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आईएमई सम्मानित

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १७:०, काठमाडौँ

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आईएमई लिमिटेड सम्मानित भएको छ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा  रेमिटेन्स कम्पनीहरू मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आईएमई लाई सम्मानित गरेको हो।

राष्ट्र बैङ्कमा शुक्रवार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रशंसा पत्र ग्रहण गर्दै आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .