पछिल्लो १२ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार (आज) बिहान ७१६ बजे सार्वजनिक गरेको वर्षाको तथ्यांकअनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी सिन्धुपाल्चोकको नवलपुर वर्षा मापन केन्द्रमा ६४.४ मिलमिटर वर्षा भएको छ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार नवलपुर मेलम्चीबाट दक्षिणपूर्व पर्छ।
सिन्धुपाल्चोकमा भएको वर्षा भारी वर्षा हो। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
मौसम महाशाखाको तथ्यांकअनुसार पछिल्लो १२ घण्टामा देशका अन्य स्थानमा भारी वर्षा भएको छैन।
देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा १० भन्दा माथि ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनिन्छ।
72
Shares
प्रतिक्रिया