ad ad

राजनीति


कांग्रेस उत्ताउलो बनेर अपशब्द बोल्दै म बसेका ठाउँमा आइपुग्यो : ओली

कांग्रेस उत्ताउलो बनेर अपशब्द बोल्दै म बसेका ठाउँमा आइपुग्यो : ओली

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १४:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसदले संसदमा उत्ताउलो व्यवहार देखाएको आरोप लगाएका छन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सो कुरा बताएका हुन्। उनलाई सञ्चारकर्मीले हिजोको घटनालाई कसरी हेर्नुभयो? भनेर सोधेका थिए। 

जवाफमा ओलीले भने, ‘कसरी हेर्नुपर्ला त्यस्तो घटनालाई ।’ उनलाई खास भएको के हो भनेर सोधियो।

ओलीले जवाफ दिँदै भने, ‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने।

बिहीबार (जेठ ३) मा बसेको संसद बैठकमा ओली र कांग्रेस सांसद समेत रहेका उपसभापति धनराज गुरुङबीच धकेलाधकेल भएको थियो। 

सभामुख देवराज घिमिरेले कांग्रेसका सांसदले सहकारी बचत रकम अपचलनबारे छानवीन समिति गठनको माग गर्दै चर्को नारा लगाइरहेका बेला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ना दिएपछि संसदमा तनावग्रस्त हुने अवस्था बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .