कला


भोलि हुने ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले माल्भिका सुब्बाले होस्ट गर्ने

भोलि हुने ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले माल्भिका सुब्बाले होस्ट गर्ने

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १७:११, काठमाडौँ

वैशाख १९ गते ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले हुने भएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुन लागेको हो।

दिउँसो २ बजेबाट सुरु हुने फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी हुनेछन्। जसबाट उत्कृष्टलाई विभिन्न टाइटलको विजेता घोषित गरिनेछ। फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ। 

फिनालेमा माल्भिका सुब्बाले होस्ट गर्ने आयोजक संस्था सनुर्वी इन्टरनेसनलले जनाएको छ। 

यसअघि प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाइसकेका छन्। जसबाट उत्कृष्ट प्रतियोगीहरुको नाम समेत घोषणा भइसकेको छ।

फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .