ad ad

कला


पाँच लाख धरौटीमा छुटे वैवाहिक बलात्कार मुद्दा लागेका गायक रवि ओड

पाँच लाख धरौटीमा छुटे वैवाहिक बलात्कार मुद्दा लागेका गायक रवि ओड

फाइल तस्बिर : गायक रवि ओड


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ९:५, काठमाडौँ

वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ रिहा भएका हुन्। 

उनले भने, ‘जिल्ला अदालत कञ्चनपुरको आदेशअनुसार उनी ५ लाख धरौटी बुझाएर छुटेका हुन्।’ 

ओडविरुद्ध उनकी पत्नीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। जतिबेला गायक ओड देशबाहिर थिए।

स्वदेश फर्किएपछि उनी यही वैशाख २७ गते कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए।

त्यस दिनदेखि सो कार्यालयको हिरासतमा रहेका उनी जिल्ला अदालतको आदेशअनुसार बिहीबार साँझ रिहा भएका हुन्। 

गायक ओड गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .