कारोबार


सस्ता ईभीको आगमनले घट्यो टेस्लाको नाफा, ३ महिनामा १ अर्ब १३ करोड डलर

सस्ता ईभीको आगमनले घट्यो टेस्लाको नाफा, ३ महिनामा १ अर्ब १३ करोड डलर

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १३:४०, काठमाडौँ

अर्बपति इलोन मस्कको कम्पनी टेस्लाको नाफा सन् २०२४ को पहिलो ३ महिनामा घटेको छ। 

अघिल्लो वर्षको पहिलो त्रैमासिकमा २.५१ अर्ब डलर नाफा गरेको विद्युतीय कार निर्माताले यो वर्षको सोही अवधिमा १.१३ अर्ब अमेरिकी डलरमात्रै नाफा कमाएको हो। 

कम्पनीको बिक्री अहिले घटिरहेको छ भने हजारौँ रोजगारी समेत कटौती गर्नुपर्ने अवस्था छ। 

मालिक मस्क भने नयाँ मोडलहरु ल्याउन लागेकाले व्यवसाय नसुस्ताउने भन्दै लगानीकर्ताको मनोबल बढाइरहेका छन्। 

पछिल्लो समय बजारमा सस्ता ईभीको आगमनले चर्को मूल्यका गाडी बिक्री गर्दै आएको टेस्लालाई अप्ठ्यारोमा पारिरहेको छ। 

खासगरी चिनियाँ ईभी सस्तो हुँदा टेस्लाको बजारमा मागमा असर पुगेको छ। सन् २०२४ मा कम्पनीको सेयर मल्य ४३ प्रतिशतले ओरालो लागिसकेको बताइएको छ। 

कम्पनीले सन् २०२५ को आधाआधीबाट नयाँ मोडल ल्याउने बताएपछि भने यसको सेयर १२.५ प्रतिशत हाराहारीले बढेको छ। 

आगामी मोडलको मूल्यबारे भने टेस्लाले केही नबताएको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .