कारोबार


८० मिटर खनियो सिद्धबाबाको मुख्य सुरुङ, कसरी हुँदै छ काम?

८० मिटर खनियो सिद्धबाबाको मुख्य सुरुङ, कसरी हुँदै छ काम?

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १३:९, काठमाडौँ

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङमार्ग करिब ८० मिटर खनिएको छ। आयोजनाका अनुसार दक्षिणबाट ४६ मिटर र उत्तरबाट ३४ मिटर खनिएको छ। 

बुटवलको सिद्धबाबामा ११ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ। सुरुङमार्गमा ३ वटा बाइपास निर्माण गरिँदै छ। 

आयोजनामा दक्षिणतर्फ २३ सय वर्ग मिटरमा स्लोपको काम हुँदैखछ। यसमा ९८९ वर्गमिटर सकिएको छ। दक्षिणतर्फ ११ सय वर्गमिटर काम भइरहेकोमा ४९५ मिटर स्लोपको काम सम्पन्न भएको छ। 

आयोजनाको कुल भौतिक प्रगति करिब साढे ११ प्रतिशत पुगेको छ। वित्तीयतर्फको प्रगति १७.५ प्रतिशत भएको सुरुङमार्ग आयोजनाले जनाएको छ। 

गत माघ पहिलो हप्ताबाट सुरुङ खन्न सुरु भएको थियो। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन सीएससीईसीले निर्माण गरिरहेको छ।

२०७८ मा ठेक्का सम्झौता भए पनि पूर्वतयारीमा धेरै समय लागेको थियो। सुरुङमार्गमा ड्रिल एन्ड विस्फोट गरी खनिरहेको छ। 

आयोजनाको ठेक्का ७ अर्ब ३४ करोड रुपैयाँमा लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .