ad ad

कारोबार


लागू भयो घटेको नयाँ ब्रोकर कमिसन दर, कतिसम्मको कारोबारमा कति लिन पाउने?

लागू भयो घटेको नयाँ ब्रोकर कमिसन दर, कतिसम्मको कारोबारमा कति लिन पाउने?

नेपालखबर
जेठ १, २०८१ मंगलबार १३:४९, काठमाडौँ

सेयर कारोबारमा ब्रोकरहरुले लिने शुल्क घटेको छ। 

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले शुल्क घटाउन अनुमति दिएसँगै आजबाट नयाँ दर कार्यान्वयनमा आएको छ। 

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम असुसूची १४ मा रहेको धितोपत्र दलालीबापत लिनसक्ने सेवा शुल्क हेरफेरको लागि स्वीकृति पाएको थियो। 

यसअनुसार आजदेखि नयाँ व्यवस्था कार्यान्वयन गरेको छ। 

योसँगै अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलालीबापत ब्रोकरले ५० हजार रुपैयाँसम्म ०.३६ प्रतिशत, त्यसभन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३३ प्रतिशत र ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशतमात्र कमिसन शुल्क लिन पाउनेछन्। 

त्यसैगरी २० लाखभन्दा माथि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोडभन्दा माथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत शुल्क लिन पाउनेछन्। 

यसअघिको व्यवस्थाअनुसार ५० हजारसम्म ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोडदेखि माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन शुल्क ब्रोकरहरुले लिँदै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .