ad ad

राजनीति


सभामुखले भने– दलहरूको विवादले संवैधानिक संकटको अवस्था नआओस्

सभामुखले भने– दलहरूको विवादले संवैधानिक संकटको अवस्था नआओस्

नेपालखबर
जेठ १, २०८१ मंगलबार १३:५६, काठमाडौँ

सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठक र बजेट प्रभावित हुनु राम्रो नभएको बताएका छन्। 

प्रमुख सचेतक र सचेतकसँगको छलफलमा सभामुख घिमिरेले संसद्का बिजनेश प्रभावित गर्नेगरी अघि नबढ्न दलहरूलाई आग्रह गरे। 

‘दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन,’ उनले बैठकमा भने, ‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ। संवैधानिक संकट हुने अवस्था नआओस्।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिए। उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .