ad ad

भिडियो


हुन्डाईका अवाशिष भन्छन्ः भेन्यु कारमा धेरै ग्राहक झुम्मिए (भिडियो)


नेपालखबर
भदौ १५ ,

कोरियाली कम्पनी हुन्डाईको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो। लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अवाशिष ओझाका अनुसार नाडा अटो शोमा यो वर्ष ग्राहकको आकर्षण निकै राम्रो रह्यो।

हुन्डाईले जहिले पनि अटो शोलाई ग्राहकहरुसँग आफ्ना नयाँ प्रडक्टबारे जानकारी गराउने अवसरका रुपमा लिँदै आएको ओझा बताउँछन्।

आइतबार सम्पन्न भएको यो वर्षको अटो शोमा नेपालमा भर्खर भित्रिएको हुन्डाईको नयाँ प्रडक्ट ‘भेन्यु’ कारले बढी चर्चा पाएको छ। भेन्युमा ग्राहकहरुको रुचि बढी पाइएको ओझाले बताए।

नाडा अटो शोमा हुन्डाईको नयाँ मोडलको स्यान्ट्रो लगायत अन्य गाडीले पनि ग्राकहरूलाई आकर्षित गरेका थिए।

नेपालमा गाडी चढ्न उत्साहित मध्यमवर्गलाई हुण्डाईका गाडीहरू एउटा मुख्य आकर्षण रहँदै आएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले हुन्डाईको फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ, जुन भदौ २ देखि कात्तिक १६ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत गाडी किन्ने ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बीमा पाउनेछन्।

साथै स्क्रयाच कार्डमार्फत थप ३० हजारदेखि १ लाखसम्मको नगद छुट, लक्की–ड्रमार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यु एक थान जित्ने अवसर रहेको छ।

नाडा अटो शोमा ग्राहकहरुसँग प्रत्यक्ष सम्पर्क भएको र यो सम्बन्धको प्रभाव लामो समयसम्म रहिरहने ओझाले बताए।

माथि हेर्नुहोस्ः लक्ष्मी इन्टरकन्टिनेन्टलका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अवाशिष ओझासँगको भिडियो वार्ता।

भदौ १५, २०७६ आइतबार १२:५६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .