यही भदौ १० गतेबाट सुरु भएको १४औं संस्करणको ‘नाडा अटो शो २०१९’ आज सकिँदै छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शोमा २३ चार पांग्रे र १९ दुइपांग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाएका छन्।
१२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा ११ वटा वणिज्य बैंक, एउटा विकास बैंक र एउटा बीमा कम्पनीको सहभागिता रहेको छ। चार पांग्रेमा भाग लिने कम्पनीहरुमा इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी भएक छन्।
त्यस्तै दुई पाङग्रेमा होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स, यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड ब्रान्डको सहभागिता आयोजकले बताएउँदै आएको छ। नाडाका अध्यक्ष शम्भु दाहालका अनुसार यो वर्षको अटाशो मा नेपालमा आधिकारीक बिक्रेता रहेको अन्तर्राष्ट्रिय अटो कम्पनी सबैले भाग लिएका छन्।
त्यस्तै केही स्वदेशी लुब्रिकेन्ट कम्पनीहरु रहेको उनको भनाइ छ। यो वर्षको अवलोकनकर्ता कति रहे र व्यापार कति भयो आधिकारिक जानकारी आजै साँझसम्म सार्वजनिक गरिने समेत आयोजकले जनाएको छ।
प्रतिक्रिया