ad ad

भिडियो


नाडामा यस्ता छन् बेनेलीका ६ थरि बाइक (भिडियो)


नेपालखबर
भदौ १२ ,

इटालियन कम्पनी बेनेली मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालि हो। उक्त कम्पनीका सेल्स एण्ड मार्केटिङ हेड बिजेन्द्र सिंह भन्छन्, ‘नाडा अटो शोमा बेनेलीको टीएनटी १५, टीएनटी १५० आई, बी एन २५१, टीएनटी ३२० एस, लियोकिनो २५१, टीआरके २५१ जस्ता ६ वटा मोटरसाइकल प्रर्दशनीमा राखिएको छ।’

उनका अनुसार टीएनटी १५को मूल्य २ लाख ३० हजार रहेको छ। यसमा ६ हजार छुट १ वर्ष बीमा र हेलमेटको सुविधा दिइने जनाएको छ। त्यस्तैगरी टीएनटी १५० आई ३ लाख १५ हजार रुपैयाँ मूल्य रहेको यो मोटरसाइकलमा १० हजार छुट दिइएको छ। बीएन २५१ को मूल्य ५ लाख २० हजार रहेको छ। यसमा १२ हजार छुट रहेको छ।

टीएनटी ३२०को मुल्य ८ लाख ५० हजार देखि सुरु हुने कम्पनीले जनाएको छ। त्यस्तै लियोनकिनो २५१को मूल्य ६ लाख ३० हजार र टीआरके २५१ को मूल्य छ लाख ३० हजार रुपैयाँ रहेको छ। यी दुईमा कम्पनीले ९ हजारको छुट दिइएको उनले जानकारी दिए।

भदौ १२, २०७६ बिहिबार ११:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .