ad ad

भिडियो


एनआईयूको एनजीटी स्कुटरमा ग्राहकको आकर्षण (भिडियो)


नेपालखबर
भदौ १२ ,

एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालको आधिकारिक बिक्रेता कम्पनी इको इन्फिनिटी प्रालि हो। कम्पनीका निर्देशक प्रगुन राजभण्डारीका अनुसार यो एनआइयू जर्मन प्रविधिको उत्पादन हो। चीनमा एसेम्बल भएको प्रोडक्टहरु नेपालमा आएको छ।

नेपालको माटो सुहाउँदो आफ्ना उत्पादनहरु रहेको कम्पनीले जनाएको छ। उनका अनुसार आधुनिक प्रविधिजडित एनआईयूको स्कुटरलाई नाडामा अवलोकनकर्ताहरुले समेत बढी रुचाएका छन्। कम्पनीले नाडा अटो शोमा नै कम्पनीले एनजीटी मोडेल सार्वजनिक गरेको छ।

एनजीटीले अवलोकनकर्ताहरुलाई झन् आकर्षित गरेको छ। उक्त मोडल ग्राहकहरुले अब बजारमा समेत पाउने कम्पनीको भनाइ छ। यसमा ग्राहकमैत्री तथा विशिष्ट फिचर रहेको छ। नयाँ आयाम नेपाली बजारमा ल्याएको छ। नाडाको दुई दिनसम्ममा एआईयूको बुकिङ तथा बिक्री १४ वटा भएको छ।

यो कम्पनीको इलेक्ट्रिक स्कुटरमा युवा, विद्यार्थीहरुको बढी आकर्षण देखिएको कम्पनीले जनाएको छ। बिक्रीपछि पनि सर्भिस दिने योजनाका साथ कम्पनी अघि बढिरहेको जनाएको छ। त्यस्तै देशभर आफनो बिक्री बढाउने समेत कम्पनीको योजना रहेको छ।

भदौ १२, २०७६ बिहिबार १०:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .