लोकप्रिय बङ्गलादेशी मोटरसाइकल कम्पनी रनरले पनि यो वर्ष आफ्नो बाइक र स्कुटर नाडा अटो शोमा राखेको छ। रनरले आफ्नो विभिन्न छवटा मोडल प्रदर्शनीमा राखेको छ।
रनरको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी रमन मोटर्सका बिजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेका अनुसार नेपालको युवापुस्ताले रनरका उत्पादनहरु मन पाराउँदै आइरहेका छन्।
युवा पुस्तामा रनरका उत्पादन लोकप्रिय भइरहेका छन्। जारी नाडा अटो शोमा रनरले विभिन्न छवटा मोडलहरु राखेको छ। जसमा तीन लाख ९९ हजार मूल्य रहेको हक २०० सीसी, २ लाख ४५ हजार मूल्यको नाइट राइडर १५० सीसी, २ लाख ३० हजार मूल्यको टर्बो, बुलेट १२५ सीसी काइट प्लस स्कुटर रोयल प्लस ११० अटो शोमा रहेका छन्।
साथै अटो शो र दशैंलाई टार्गेट गरेर कम्पनीले २० हजारसम्म छुट दिने समेत जनाएको छ।
भदौ १२, २०७६ बिहिबार ७:५८
प्रतिक्रिया