ad ad

भिडियो


नाडा अटो शोमा यामाहाका दुई नयाँ प्राेडक्ट, के भन्छन् मार्केटिङ हेड? (भिडियाे)


नेपालखबर
भदौ १२ ,

यामाहाको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी एमएडब्ल्यू इण्टरप्राइजेज प्रालि हो। यसका मार्केटिङ हेड विक्रम शर्मा पौडेल भन्छन्, ‘नाडालाई लक्षित गरेर नै दुईवटा नयाँ मोटरसाइकल नेपाल भित्र्याएका हौँ।’ उनका अनुसार एमटी–१५ र १ सय ५५ सीसीको शक्तिशाली एनम्याक्स स्कुटर पनि ल्याइएको छ।

यामाहा एमटी–१५ केही समयपहिले भारतीय बजारमा सार्वजनिक भएको थियो। नेपालमा केही समयअघि भित्रिएको एमटी–१५ कम्पनीले नाडा अटो शोकै क्रममा सार्वजनिक गरिएको हो।

यामाहा एमटी–१५ मा १५५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ। ६–स्पिड ट्रान्समिसनयुक्त सो इन्जिनले १९.३ बीएचपी पावर र १.७ एनएम टर्क जेनेरेट गर्छ। त्यसैगरी, यसमा स्लिपर क्लच रहेको छ।

स्कुटरमा १५५ सीसी लिक्विड कुल्ड, फोर भल्भ इन्जिन छ, जसले १४.८ पीएस पावर र १३.५ एनएम टर्क प्रदान गर्छ। एनम्याक्समा एलइडी लाइटिङ सेटअप, डिजिटल इन्स्ट्र्युमेन्ट क्लस्टर, एबीएस र डिस्क ब्रेकजस्ता सुविधा छन्। अघिल्लो भागमा विन्डस्क्रिन, स्प्लिट फ्लोरबोर्ड र लामो सिट छ। स्कुटरमा किलेस स्टार्टको सुविधासमेत उपलब्ध रहेको छ।

त्यस्तै एनम्याक्समा ६.६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ। हेर्दा निकै आकर्षक देखिने यो स्कुटर नेपाली बजारमा हाल परीक्षणको क्रममा रहेको छ।

त्यस्तै, यामाहाका अन्य मोटरसाइकल तथा स्कुटर पनि अटो शोमा प्रदर्शनीका लागि राखिएको र यामाहाको प्रोडक्टहरुले दर्शकको ध्यान तानेको उनले बताए। नाडामा दर्शकहरुको अत्यधिक आगमन हुने भएको सबै कम्पनीलाई अटो शो बिजनेस र ब्राण्डिङ गर्ने उत्कृष्ट थलो भएको उनको भनाइ छ।

भदौ १२, २०७६ बिहिबार ७:२१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .