बहुप्रतीक्षित हुन्डाई सबकम्प्याक्ट एसयूभी भेन्यू नेपाली बजारमा सार्वजनिक भएको छ। हुण्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नक्सालस्थित आफ्नो शोरुममा ‘भेन्यु’ कार सार्वजनिक गरेको हो।
विभिन्न भेरिएन्टमा रहेको उक्त गाडीको मूल्य ३४ लाख ९६ हजारबाट सुरु हुने कम्पनीले जानकारी गराएको छ। कप्पा पेट्रोल इ–भेरिएन्टमा उक्त मूल्य रहेको छ। त्यस्तै एस भेरिएन्टको मूल्य भने ३७ लाख ९६ हजार रहेको छ। टप भेरिएन्ट टुर्बो एसएक्स ह्याजट्याग रहेको छ। यसको मूल्य भने ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
अटो शोलाई लक्षित गरेर नेपाली बजारमा सार्वजनिक भएको उक्त गाडी नाडा अटो शोमा रहनेछ। गाडीमा कम्पनीले अफर समेत राखेको छ। अफरमा किन्ने ग्राहकले एक लाख ३० हजार रुपैयाँ नगद छुट पाउनेछन्।
कस्तो छ विशेषता?
१ दशमलव ४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन रहेको भेरिएन्टले ९० एचपी पावर र २२० एनएम टर्क क्षमता दिने कम्पनीले जनाएको छ। त्यस्तै, १ दशमलव २ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले ८३ एचपी पावर र ११५ एनएम टर्क क्षमता प्रदान गर्नेछ। यसमा ५ स्पिड म्यानुअल र १ लिटर ३ सिलिन्डर टर्बो चार्ज हुने पेट्रोल इन्जिन सुविधा रहेको छ। यसमा १२० एचपी पावर र १७२ एनएम टर्क ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ।
इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोलजस्ता फिचरहरु रहेको छ । यो गाडीमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न समेत सकिने सुविधा रहेको छ। ३३ स्मार्ट कनेक्टेड फिचर उपलब्ध रहेको छ।
याे पनिः नेपालमा लन्च भयो हुन्डाईको बहुप्रतीक्षित ‘भेन्यु’ (फोटोफिचर)
प्रतिक्रिया