ad ad

भिडियो


नाडा पदाधिकारी भन्छन्: 'अटो शोपछि निर्वाचनको तयारी हुन्छ’ (भिडियो)

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यस वर्षको नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुँदै छ। यो वर्षको नाडा अटो शोमा ६ दिन सम्म सञ्चालन हुने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ता आउने तथा एक अर्ब माथिको ब्यापार गर्ने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन्। 

यस सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केही पदाधिकारीसँग हामीले संक्षेपमा केही प्रतिक्रिया लिएका छौँ।

शम्भु दाहाल, अध्यक्ष नाडा

गत वर्षको तुलनामा यो वर्ष अझ धेरै व्यवस्थित र अझ धेरै व्यवसयाीहरुको सहभागीता भएको छ। गत वर्ष ९१ वटा ब्राण्डको प्रदशस्नी रहेको मा यो वर्ष ९५ वटा प्रदशनी हुने भएको छ। गत वर्ष १३४ वटा स्टल रहेकोमा यो वर्ष १ सय ६० वटा रहेको छ। हामीले यो वर्षको पर्दशनीमा विश्वस्तरिय ब्राण्डहरुलाई मात्रै राख्ने छौं। यो अटो शो भनेको ब्राडिङ गर्ने थलो हो।

यसले विलकुल रुपमा कोरोबारको उद्देश्य राख्दैन। आफ्ना प्रोडक्टको बारेमा जानाकारी दिने ठाउँ हो। नेपालमा यो शोको भ्यालु भनेको नै यसमा आएर उपभोक्ताले जानाकारी लिने छ। त्यसकारणले यो अटो शोले आफ्नो कम्नीक सामानहरुको बारेमा उपभोक्तालाई जानाकारी गराउने र आफूतिर आकर्षित गर्ने थलो हो।

सुनिल रिजाल, महासचिव, नाडा

अटो शो व्यवसायको कुरा गर्दा पहिले धेरै अवसरहरु पनि थिएनन्। चुनौतिहरु पनि कम थिए। अहिले अवसर धेरै छन्। त्यस्तै प्रतिस्पर्धा र चुनौतिहरु पनि थपिएका छन्। त्यसकारणले गर्दा आफ्नो कम्पनीको उत्पादनहरु ब्राण्डिङ गर्नुपर्ने पनि हुन्छ। अटो व्यवसायीहरुको लागि यो अटो शो पनि त्यतिकै फलदायी बनिरहेको छ।

म आफू स्पेयर पार्टस व्यवसयाी भएकोले पनि के भन्न चाहन्छु भने नेपालमा अटो उपभोक्ताहरुले आफ्नो साधनको बारेमा जानाकारी धेरै राख्दैनन्। त्यसकारणले गर्दा धेरै समस्याहरु खेप्न परिरहेको छ। नेपालीको बानी नै कुनै बस्तुको बारेमा जानाकारी नलिइ उपभोग गर्ने चलन छ। अटो अझ टेक्नीकल विषय हो। यसमा झन् जानकारी लिन आवशयक छ। नेपालमा गुणस्तरीय स्पेयर पार्टहरु पनि आइरहेका छन्। यस्तै गुणस्तरहिन सामानहरु पनि आइरहेका छन्। तिनिहरुको बारेमा बुझ्ने थलो पनि यो हो।

अर्को कुरा नाडा अटो शो भनेको वर्षभरि अटो क्षेत्रमा के परिवर्तन आयो भनेर जानकारी लिने स्थान पनि हो। यसमा मुल्यको बारेमा पनि जानकारी लिन सकिन्छ। साथै फाइनान्स कम्पनीहरु पनि सोहि स्थानमा हुन्छन्। कति पैसा हाले पछि मैले उक्त प्रोडक्ट पाउँछु भन्ने पनि हुन्छ।

मेरो भनाईको मतलब नाडा अटो शोमा एकै स्थानबाट सबै सेवा पाइन्छ। त्यसकारणले पनि यसले उपभोक्ताको हितमा काम गरेको छ। अटो शोको आर्कषण पनि दिन प्रतिदिन बढिनै रहेको छ। ६ महिना अघि गाडी किन्न खोज्नेले पनि अटो शोमा आउँदै छन्। त्यसमा नै किन्छु भन्ने गर्छन्। विशेष गरि कारहरु र मोटरबाइकले अटो शोमा पकड जमाइरहेका छन्।

वर्षभरिको कारोबारमा अटो शो को बुकिङदेखि कारोबारसम्मको राम्रो प्रभाव रहन्छ। यति हुँदा हुँदै पनि यसरकारले अटोलाई राम्रो नजरले हेरेन। सरकारले व्यवसायीहरुलाई नाफा मात्रै कमाउन खोज्ने गरेको आरोप लगाउँछ। करहरुको रेट एकदमै उच्च रहेको छ। यसलाई परिर्माजन गर्नु पर्छ। नाडाको निर्वाचन पनि यो वर्ष नै हुँदै छ। त्यसमा पनि म अघि बढ्ने योजना बनाएको छु। तर साथीभाई सबैको सल्लाह अनुसार अघि बढ्ने छु।

कृष्णप्रसाद दुलालः उपाध्यक्ष, नाडा

नाडा अटो शो नेपालमा हुने अरु शो को तुलनामा सबै भन्दा ठूलो शो हो। यो शो व्यवथित पनि छ र सबै अटो व्यवसयाीहरुलाई समेट्छ पनि । सबै व्यवसायीहरु जमघट गर्ने स्थान पनि बनेको छ। यो अटो शोमा आफ्नो व्यवसयाको प्रवर्द्धन त हुन्छ नै। त्यसका साथै हामीले रोड सेफ्टीको कुरापनि गर्छौ। कस्ता जनशक्ति, गुणस्तको मापदण्डको बहस पनि यसमा हुने गर्छ। अर्को कुरा देशको आर्थिक समृद्धिमा अटो क्षेत्रले कस्तो सहयोग पुर्याउन सक्छ भन्ने कुरा पनि यसमा गर्छौ।

राज्यको नीतिका कारण नेपालको अटो व्यवसया हाल सुस्ताएको छ। सरकारले लिएको लोन पोलिसीदेखि कर पोलिसीसम्मले प्रभाव परिरहेको छ। तर यो कुरालाई अहिले थाति राखेर हामी अटो शोलाई सफल बनाउन चाहन्छौँ। सरकारले जस्तो नीति लिएपनि त्यसको नै अधिनमा रहि हामी व्यवसाय गर्छौ नै। अटो शो पनि नाडाको वार्षिक साधारणसभा पनि छ, उक्त सभाले नयाँ कार्यासमिति समेत चयन गर्छ।

म आफू अध्यक्षको दावेदार हुँ। म १० वर्ष नाडामा रहेर काम गरिसकेको छु। साथीहरु को सहयोग र सुझाव लिएर अध्यक्षमा उम्मेदवारी लिने मनसाय बनाएको छु। मेरो उद्देश्य र नाडाको उदेश्य भनेको साना व्यवसयीदेखि ठूला व्यवसयीसम्मको समन्वय गर्ने हो। मेरो उद्देश्य पनि त्यहि हुन्छ।

करण चौधरीः सदस्य, नाडा

नेपालमा हुने अटो शो र विदेशमा हुने अटो शोमा अलि भिन्नता छ। अरु देशमा नितान्त रुपले ब्राण्डिङ गर्ने थलो हुन्छ। आफनो नयाँ उत्पादन देखाउने थलो हुन्छ। तर नेपालमा बिक्री गर्नकै लागि यसमा लालाहित भइन्छ। विदेशमा यति बेच्यो उति बेच्यो भन्ने कुनै फिगर हुँदैन तर नेपालमा भने त्यहि फिगरलाई आफ्नो सफलतासँग जोडिन्छ। तर यसलाई नकरात्मक लिनु हुँदैन आफ्नो देशको व्यवसायको स्थिती सुहाउँदो यो शो हुँदै आइरहेको छ।

अटो शो चाडबाडको बिचमा भएकोले पनि यसमा व्यापार जोडिएको हो। नाडा अटो शोलाई हामीले सफल बनाउनु पर्छ त्यसपछि हाम्रो वार्षिक साधारण सभा तथा आगामी निर्वाचनको तयारी थाल्ने छौँ। म आफू अटो क्षेत्रमा लागेको धेरै समय भैसकेको छ। मेरो पनि नाडामा अघि बढ्ने योजना रहेको छ।

भदौ १, २०७६ आइतबार १६:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .