ad ad

भिडियो


‘रेसिङ डीएनए’ भएको नयाँ यामाहा आर–१५ भी–३ (भिडियाे)


नेपालखबर
साउन १ ,

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्ट्स बाइक आर१५ (भर्सन ३.०) बजारमा ल्याएको हो। सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर–१५ भी–३मा पनि त्यस्तै बेजोड प्रविधि र प्रस्तुति दिने फिचरहरु राखेको छ।

आर–१५ भी–३ लोकप्रिय १ सय ५० सीसीको सेग्मेन्टमा यामाहाको बलियो उपस्थिति हो। स्पोर्टी लुक्स, उत्कृष्ट माइलेज, उच्च प्रस्तुतिका कारण युवाहरूको रोजाइमा यो बाइक पर्न सफल भएको हो। यामाहाले आर–१५ सिरिजलाई हरेक पटकको परिवर्तनमा अझ एग्रेसिभ बनाउँदै लगेको छ।

यामाहाले भी–३ मा अल न्यु डिजिटल कन्सोलको प्रयोग गरेको छ। यसमा फ्युलगेज, गियर इन्डिकेटर, स्पिडोमिटर, भीभीए इन्डिकेटरजस्ता फिचरका साथै रेगुलर सबै फिचरहरू दिइएको छ। कम्पनीले कन्सोलमा नयाँ फिचरको रुपमा कस्टोमाइज्ड गरेर आफ्नो नाम सेट गर्नसक्ने बनाएको छ। प्रारम्भिक मूल्य ४ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको यो बाइकमा युवाहरुको निकै आकर्षण रहेको पाइएको छ।

एग्रेसिभ लुक्स
यामाहाको आर–१५ भी–३ मा बाइकको लुक्सलाई एग्रेसिभ बनाएको छ। यामाहाले भी–३ मा ग्राफिक्स तथा आउट–लुकमा निकै परिर्वतन गरेर ल्याएको छ। मस्कुलर बडी, एग्रेसिभ हेडल्याम्प, वाइडर ह्विलजस्ता विशेषताले यो बाइकलाई अझ उत्कृष्ट देखाएको छ। ड्युल कलर कम्बिनेसनले यो बाइकको आवरण निकै आकर्षक देखिएको छ। मोटोजीपी स्टाइलको वाइन्ड स्क्रिन र विंगलेट्सले मोटरसाइकललाई थप आकर्षक तथा स्पोर्टी लुक दिएको छ।

yamaha1

पुरानो भी–२ को तुलनामा भी–३ मा पिलियन सिटको हाइट कम गरिएको छ। जसले पछाडि बस्ने यात्रुलाई सहजता प्रदान गर्नेछ। यसको आकर्षक तथा रेसिङ लुक्सले सडकमा बाइक राइडरले आफूतर्फ ध्यान खिच्न सफल हुनेछ।

इन्जिन, पावर तथा पर्फमेन्स
नयाँ सुपर स्पोर्ट्स मोडेलमा १ सय ५५ सीसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ। यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १ सय ५५ सीसीको इन्जिन जडान गरिएको छ, जसले १० हजार आरपीएममा १९.३ पीएसको पावर र ८ हजार ५ सय आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ। यसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ। यसमा समावेश ‘भीभीए सिस्टम’ले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ। यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिने र ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउने गर्दछ।

yamaha2

१ सय ३९ केजी वजन र १ सय ७० एमएम ग्राउन्ड क्लियरेन्स भएको यस बायकलाई फुल डिजिटल ड्यासबोर्ड, एलईडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको र ‘एग्रेसिभ राइडिङ पोजिसन’ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गरेको छ। आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसनजस्ता यामाहाका मूल सिद्धान्तलाई अवलम्बन गरेको छ। यसमा लामो समयसम्म टिक्ने उच्च गुणस्तरको आल्मुनियम पिस्टन र डायसिल सिलिन्डर जडान गरएको छ। बाइकमा ११ लिटर क्षमताको फ्युल ट्यांक दिएको छ। फ्युल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ४२ किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ। 

१५० सीसी सेग्मेन्टमा नै पहिलो भीभीए इन्जिन रहेको यो बाइकमा सिक्स–स्पीडको गियर बक्स रहेको छ। यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ। जसले गियर चेन्ज गर्दा छिटो तथा क्लच रिलिज गर्दा बाइकमा आउने झट्कालाई कन्ट्रोल गर्छ।

भीभीए टेक्नोलोजी
यो बाइक १५० सीसी सेग्मेन्टमा नै पहिलो यस्तो बाइक हो, जसमा भीभीए टेक्नोलोजी प्रयोग गरिएको छ। यसमा रहेको भीभीए इन्जिनले दुई क्याम्पमा काम गर्छ। बाइकले प्रदान गर्ने उच्च पावर र टर्कले राम्रो पर्फमेन्स दिन्छ। ७ हजार ४ सय आरपीएममा पहिलो क्याम्पले काम गर्छ भने ७ हजार ४ सय आरपीएममाथि भीभीए एक्टिभेट हुन्छ र दोस्रो क्याम्पले एकैसाथ काम गर्छ। जसको कारण उच्च आरपीएममा यो बाइकको पर्फमेन्स उच्च नै रहन्छ।

yamaha3

ह्यान्डलिङ
१५० सीसी सेग्मेन्टमा यो बाइकको ह्यान्डलिङ उत्कृष्ट रहेको छ। आर १५ भी–३ मा कम्पनीले मोटो टायर प्रयोग गरेको छ भने यसको ह्विल वेस घटाएको छ। साथै रेक एंगल अझै सार्प बनाएको छ, जसले गर्दा राइडिङ तथा ह्यान्डलिङमा कुनै समस्या आउँदैन।भी–३ जेनेरेसन २ भन्दा थोरै भारी बनाइएको भए पनि यसको पावर डेलिभरीले यसको पर्फमेन्समा कुनै बाधा पु¥याएको छैन। फ्रन्टमा २ सय ८२ एमएम तथा पछाडि २ सय २० एमएमको डिस्क ब्रेकले बाइकलाई स्टेबल राख्न सहयोग गरेको छ। फ्रन्टमा टेलिस्कोपिक फ्रक तथा रियरमा मोनोसक सस्पेन्सन तथा १७ इन्चको ह्विलले बाइकलाई उत्कृष्ट बनाएको छ।

चलाउन सहज
बाइकको अर्को सबल पक्ष भनेको यो चलाउन एकदमै सहज छ। यो बाइक सहरी क्षेत्र, हाइवे तथा रेसिङ ट्र्याकमा चलाउन कुनै असुविधा हुँदैन। बाइक होचा तथा अग्ला राइडरलाई कुनै असहजता नहुने राइडिङ पोस्चरमा डिजाइन गरिएको छ। बाइकको मध्यभागमा रहेको ब्रेक तथा गियर प्यानल तथा ८ सय १५ एमएमको सिट हाइटले जुनसुकै हाइटका राइडरलाई सहजता प्रदान गर्नेछ। बाइकको राइडर सिट र ह्यान्डलबार लगभग एउटै लेभलमा रहेको कारण राइडर अगाडि झुकेर बाइक राइड गर्नुपर्ने हुन्छ। यामाहाले आर–१५ भी–२ मा भन्दा भी–३ मा राइडर सिटलाई वाइड बनाएको छ, जसले राइडरलाई सहजता प्रदान गर्छ। बजारमा स्पोर्ट बाइकको क्रेज बढ्दै गइरहेको यो बाइकले पुष्टि गरेको छ। यो बाइक रेगुलर प्रयोगका साथै ट्र्याकमा समेत चलाएर रेसिङको मज्जा लिन सकिने किसिमको रहेको छ।

हेडल्याम्प
आर–१५ भी–३ मा यामाहाले रेगुलर हेलोजिन हेडल्याम्पलाई हटाएर एग्रेसिभ सार्प–ट्विन एलईडी हेडल्याम्प दिएको छ। उक्त हेडल्याम्पले बाइकको फ्रन्ट–लुकलाई अझ एग्रेसिभ बनाएको छ भने टेलमा पनि एलईडी ल्याम्पको प्रयोग गरिएको छ। जसले बाइकको रियर–पार्ट अझ आकर्षक देखिएको छ। ट्विन एलईडीसहितको पावरफुल हेडल्याम्पले बाइकलाई रातिको समयमा चलाउन पनि निकै सहज बनाएको छ।

IMG 6644

ब्रेकिङ
बाइकको ब्रेकिङ सिस्टम उत्कृष्ट रहेको छ। फ्रन्टमा २ सय ८२ एमएम तथा रियरमा २ सय २० एमएमको डिस्क–ब्रेक रहेको छ। यसमा रहेको वाइडर ह्विल र डिस्कको कम्बिनेसनले राइडरलाई उच्च गतिमा पनि बाइक कन्ट्रोलमा गर्न कन्फिडेन्स प्रदान गर्छ।

वाइन्ड स्क्रिन
यसमा उपलब्ध मोटोजिपी स्टाइल वाइन्डस्क्रिनले तीव्र वेगमा हावा चलेको समयमा सुरक्षा प्रदान गर्दछ। यामाहाले सधैँ उत्कृष्ट लुक्सका बाइकहरू उत्पादन गर्दै आएको छ। अघिल्ला सिरिजजस्तै निकै स्टाइलिस देखिने यो बाइक उच्च गति प्रदान गर्न सक्ने क्षमता राख्छ। कम्पनीले यस मोडललाई परिमार्जन गर्दै मोटोजिपी स्टाइल वाइन्ड स्क्रिन, एक्रोपोभिक एक्सजस्ट सिस्टम, एड्जस्टेबल ब्रेक, स्टाइलिस्ट एलईडी हेडलाइट, विन्ड डिफ्लेक्टर, क्लच लिभर तथा एरोडायनामिक विंगलेट्सलगायतका विशेषता थप गरेको हो। साथै, पुरानो मोडलमा उपलब्ध रियर भ्यु मिररलाई क्लिप अन ह्यान्डबारले विस्थापन गरिएको छ।

yamaha4

वाइजेडएफ आर–१५ भी ३.०मा रेगुलर मोडलको फ्रन्ट साइडमा जस्तै अपसाइड डाउन टेलिस्कोपिक फर्क लगाइएको छ भने रियरमा मनोशक दिइएको छ। विभिन्न विशेषतासहित परिमार्जन गरिएको यो बाइक निकै आकर्षक तथा स्पोर्टी देखिएको छ। यामाहाको आर सिरिजले मोटोजिपीजस्ता कयौं रेसिङ प्रतियोगिताहरु जितेर थुप्रै रेकर्ड राखिसकेको छ। यही आर सिरिजअन्तर्गतको आर१५ भी३ अहिले नेपालमा आएको छ, जसको टेक्नोलोजी र पर्फमेन्सले नेपाली ग्राहकलाई रेसिङ ट्र्याकमा चलाएको अनुभव दिलाउँछ। यसको रेसिङ लुक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ।

साउन १, २०७६ बुधबार १२:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .