ad ad

भिडियो


रिङरोड घुम्ने सुन्दर यातायातका बसमा यात्रुको ज्वरो परीक्षण (भिडियो)

रिङरोड अर्थात् चक्रपथ परिक्रमा गर्ने विद्युतीय बसमा ज्वरो परीक्षण सुरु भएको छ। काठमाडौंको रिङरोडमा सार्वजनिक यातायात सञ्चालन गरिरहेको सुन्दर यातायातले कोरोना भाइरसको संक्रमण रोक्न परीक्षण सुरु गरेको हो।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ। करिब ७० बढी देशमा यो भाइरस फैलिएको बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले यसबारे बारम्बार सचेतनाको अपिल गरिरहेको छ। नेपालमा पनि यसको संक्रमण रोक्न यस्तो परीक्षण सुरु गरेको सुन्दर यातायातले बताएको छ।

sundar yatayata corona 1

परीक्षणले सार्वजनिक यातायातबाट छिटो फैलिन नदिने भएकोले यस्तो अभियान सुरु गरेको बताउँछन् सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापा।

‘हाम्रो अभियानले कोरोना त रोक्न सक्दैनौँ तर जनचेतना फैलाउन सक्छौं’, उनले नेपालखबरसँग भने, ‘यात्रुलाई सुरक्षित राख्नु हाम्रो सार्वजनिक उत्तरदायित्व सम्झेर यो अभियान सुरु गरेका हौं।’

बसमा चढ्ने यात्रुलाई चेक गर्दा समय लाग्ने भए पनि कोरोनाको त्रास रहेसम्म उक्त अभियान जारी रहने थापा बताउँछन्।

sundar yatayata corona 2

‘अहिले औसतमा बसले दिनमा ९ पटक रिङरोड घुम्ने गर्छ’, उनले भने, ‘ज्वरो जाँच गर्दा कुनै यात्रुमा धेरै देखिए अस्पताल जान सुझाव दिन्छौँ।’

थापाले आफूहरुले जस्तै सबै सार्वजनिक यातायातले यात्रुको ज्वरो जाँच गरी कोरोना संक्रमण रोकथामको प्रयास गर्नुपर्ने बताए।

कम्पनीले आफ्ना बसमा ज्वरो जाँचको लागि एक जना छुट्टै कर्मचारी खटाउने बताएको छ।

sundar yatayata corona 3
भिडियाे/तस्बिरः प्रविन काेइराला
फागुन २२, २०७६ बिहिबार ८:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .