Tata MotorsTata Motors

दसैं भुलाउने गुफा गेस्ट हाउस (तस्बिरहरूसहित)


वाशुदेव मिश्र
लोमान्थाङ (उपल्लो मुस्ताङ) , असोज २१

‘यो गुफा मेरो बाउबाजेले घाँस राख्ने ठाउँ हो, मैले यहाँको घाँस फालेर यसलाई होटल नै बनाएँ ’, उनले भने, ‘गुफामा बस्दा कस्तो अनुभव हुँदोरहेछ भनेर पनि नेपाली र विदेशी पर्यटक आउँछन्।’

मुस्ताङ र मनाङलाई दसैंले छुँदैन। यार्तुङ मनाएर बेंसी झर्न ठिक्क छन्, यहाँका बासिन्दा। चिसो सिरेटोले गाला र ओंठ फुटाउने यो मौसममा पर्यटकहरू भने रुस्याक बोकेर यो रहस्यमयी माटोको सहरतिर लाग्दैछन्।

71925936 976061056092146 9202795870741856256 n

दसैंको छेकोमा मुस्ताङ उक्लिनेमध्ये मुस्किलले मार्फासम्म टीकाटाला गरेको देख्न पाउँछन। तर खानु ,खेल्नु र आफन्त भेट्नु मात्रै पनि हैन नि दसैं! आफन्त गुमाएकाहरू, दसैंको टीको छेकिएकाहरूलाई मन भुलाउन रहस्मयी मुस्ताङ र मनाङ उपयुक्त गन्तव्य हो। दसैंको टीका नै थापेर पनि मुस्ताङ उक्लन सकिन्छ।

लोमान्थाङको छोसेर क्षेत्रमा पुगेपछि हिमालभन्दा मान्छे अग्ला हुन्छन्। उत्तरतिर आफू बसेर दक्षिणतिर होचा हिमाल र हिमाली भू–दृश्य हेर्न पाउनु यहाँको विशेषता हो। अझ, गुफाको बास अनि हिमाली दृश्यावलोकनको अवसर पनि। रहर छ भने लोमान्थाङको उपल्लो छोसेरमा रहेको सेल्कर गुफा गेस्टहाउस आकर्षक गन्तव्य बन्न सक्छ।

72378651 3005503789673939 4989978534471532544 n 1

लोमान्थाङ-१, सेल्कर क्षेत्रम गुफा नै गुफा छन्। ती गुफामा कुनै बेला मान्छे नै बस्थे। प्रख्यात झोङ गुफा क्षेत्रमा रहेका ३८ वर्षीय पेमा ग्युर्मेले बाजेहरूले घाँसपात राख्ने गुफालाई होटल बनाउने विचार गरे। अनि, छोसेरको त्यही गुफामा जन्म्यो, रुम नम्बर ३०० देखि ३०३ सम्म।

‘पहिलाका मान्छे गुफामै जन्मे, गुफामै खाए र गुफामै मरे, अहिले आएर गुफाको अनुभव मात्रै गर्ने हो ’, पेमाले नेपालखबरसँग भने, ‘पर्यटकलाई गुफाको अनुभव दिलाउन मैले यही वर्षबाट गुफा होटल सञ्चालन गरेको हो।’

पर्यटकलाई नयाँ स्वाद चखाउन उनले गेस्ट हाउस मात्रै नहुने रहेछ भन्ने बुझे। ‘यो गुफा मेरो बाउबाजेले घाँस राख्ने ठाउँ हो, मैले यहाँको घाँस फालेर यसलाई होटल नै बनाएँ ’, उनले भने, ‘गुफामा बस्दा कस्तो अनुभव हुँदोरहेछ भनेर पनि नेपाली र विदेशी पर्यटक आउँछन् , नेपाली आउँदा सुरुमा गुफामा सुत्न डर लाग्छ भने तर एक दिनपछि उनीहरुले नै मेरो होटलको प्रचार गरिदिए। अनि त म पनि सुत्न पाऊँ भनेर हुल नै भयो।’

72265793 375739073312126 4379238531487236096 n

गुफामा ३ वटा कोठामा ८ जना अट्छन्। गुफामा उनले डाइनिङ हल पनि बनाएका छन्। बाउबाजेले चर्चेको ती गुफालाई होटल बनाउन नै ती वर्ष लाग्यो रे। पहिला दुईतले थियो अनि पर्यटकलाई सजिलो बनाउँदा लगभग ४०-५० लाख रुपैयाँ खर्च भएको उनले सुनाए।

गुफा होटलकाम तीनवटा कोठाको फरक फरक मूल्य छ। बढीमा दिनको ५ हजार रुपैयाँ लाग्छ। नेपालीलाई छुट दिइएको छ। सबैभन्दा माथिल्लो ३०३ को अलि महँगो छ। यहाँ सुतेपछि पर्यटकहरू अरू होटलमा जानै मान्दैनन् रे। किन त? ‘यहाँबाट हिमाल र बादल कसरी आउँछ, कसरी जान्छ र बादलले अनेकौं आकृति बनाउँछ। त्यो नै यहाँको विशेषता हो’, उनले थपे, ‘गुफामा हिउँदमा तातो र गर्मीमा चिसो हुन्छ, मूलको पानीजस्तै हो, गुफा। त्यसैले पनि यहाँ बस्न रमाइलो हुन्छ।’

71722833 923497918016098 5694685481225158656 n

१२ कक्षासम्म पढेका पेमाले होटलमा पहिला बाजेहरूले नै प्रयोग गरेका सामान राखेका छन्। भेंडा व्यापार गर्ने पिताका छोरा पेमाले होटल व्यवसायमा हात हालेपछि पछाडि फर्कनु परेको छैन। उनको परिवारका ६ जनै होटल व्यवसायमा आबद्ध छन्।

असोज २१, २०७६, मंगलबार

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors