सुदूरपश्चिम


कैलालीमा प्रदर्शनकारीद्वारा कारागार कब्जा, निस्किए कैदी-बन्दी

कैलालीमा प्रदर्शनकारीद्वारा कारागार कब्जा, निस्किए कैदी-बन्दी

कैलालीमा आन्दोलनकारीले कारागार कब्जा गरेपछि निस्किएका कैदी-बन्दी सडकमा


गोकुल जोशी
भदौ २४, २०८२ मंगलबार १८:१३, कञ्चनपुर

कैलालीमा प्रदर्शनकारीले जिल्ला कारागार कब्जा गरेका छन्।

यही मौकामा कैदी-बन्दी बाहिर निस्किएका छन्। 

कैलालीमा स्थानीय प्रशासनले दिउँसो १२ बजेदेखि कर्फ्यु जारी गरे पनि त्यो निष्प्रभावी देखिएको छ। 

मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका आक्रोशित युवाले दर्जनभन्दा बढी कार्यालयमा क्षति पुर्‍याइसकेका छन्।

उनीहरूले प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड गरे। प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउँदै दुईवटा गाडी जलाए। 

धनगढीमा पार्किङ गरेर राखिएका आधा दर्जन सरकारी गाडीमा आगजनी गरिएको छ। 

प्रदर्शनकारीहरूले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर आगजनी गरेका छन्।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका एउटा गाडी जलाएको स्थानीय प्रशासनले जनाएको छ। 

नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाइएको छ। 

कञ्चनपुरमा पनि जेन-जी आन्दोलन उग्र बनेको छ। प्रदर्शनकारीले जनप्रतिनिधि र नेताका घरमा तोडफोड र आगजनी गरिरहेका छन्। तर सुरक्षाकर्मीले रोक्न सकेका छैनन्।

सोमबार राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको दुई घर, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, प्रदेश सांसद प्रकाश रावल, मधु भारती, भीमदत्तका प्रमुख र उपप्रमुख लगायतको घरमा पनि तोडफोड र आगजनी गरिएको छ। 

बिहानैदेखि महेन्द्रनगरमा टायर बालेर विरोधमा उत्रिएका युवाले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

यस अविधमा आन्दोलनकारीले अख्तियार कार्यालयमा तोडफोड, नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad