सुदूरपश्चिम


माओवादी कञ्चनपुरको पार्टी कार्यालयमा कुटाकुट, गम्भीर घाइते धनगढी रिफर

एकजना पार्टीबाट निष्काशित
माओवादी कञ्चनपुरको पार्टी कार्यालयमा कुटाकुट, गम्भीर घाइते धनगढी रिफर

नेपालखबर
साउन ११, २०८२ आइतबार २१:२६, कञ्चनपुर

कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई नेताबीच पार्टी कार्यालयमै कुटाकुट भएको छ।

आइतबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा विद्यार्थी संगठनको छलफल चलिरहेका बेला माओवादीको भीमदत्त नगर कमिटी सदस्य भुवन सिंह विष्ट र अखिल क्रान्तिकारी सुदूरपश्चिमका प्रदेश इन्चार्ज रामचन्द्र भट्टबीच कुटाकुट भएको हो। 

छलफल चलिरहेको बेला पूर्वरिसिबी पोखी अखिल क्रान्तिकारी प्रदेश इन्चार्ज भट्टमाथि बिष्टले मरणासन्न हुने गरी आक्रमण गरेको माओवादी कञ्चनपुरले जनाएको छ। 

कुटाकुटमा दुवै घाइते भएका छन्। घाइते भट्टलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ। उनको टाउको र निधारमा चोट लागेको छ।

बिष्टको नाकमा चोट लागेको छ। महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि प्रहरीले उनलाई अहिले नियन्त्रणमा राखेको छ। 

‘अस्पताल पुगेपछि घटनाबारे हामीलाई खबर आएको थियो। कुट्ने भनिएका एक जनालाई अहिले हामीले राखेका छौँ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘घटना बारे बुझ्दैछाैँ।’

झगडाको कारण खुलेको छैन। माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले भट्टमाथि आक्रमण गर्ने भीमदत्त नगर कमिटी सदस्य विष्टलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेको छ। 

पार्टी भित्र र बाहिर अनुशासनहीन कार्य गर्दै आएकोले पटक पटक मौखिक रुपमा सचेत गराउँदा समेत अटेरी गरेको र आज पार्टी कार्यालयमा भट्टमाथि आक्रमण गरेर बबण्डर मच्चाएपछि कारबाही गरिएको उल्लेख छ। उनलाई नियन्त्रणमा लिएर कारबाही गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad