सुदूरपश्चिम


एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्, घटनास्थलमा ‘सुसाइड नोट’

एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्, घटनास्थलमा ‘सुसाइड नोट’

आकांक्षा मल्ल


नेपालखबर
चैत १३, २०८१ बुधबार १२:९, कञ्चनपुर

बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको केदारस्युँ गाउँपालिका-१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मल्ल मंगलबार अनिवार्य  विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन्।

बेलुका कोठामा झुण्डिएको अवस्थामा भेटिएकी मल्लको सुसाइड नोट पनि फेला परेको छ। 

नोटमा उनले आफू कसैको कारणले नभई आफ्नै कारणले आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छन्।

प्रहरीका अनुसार कारण भने उल्लेख छैन।

परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 

केदारस्युँ गाउँपालिका-१, स्थित गर्जेपानी माधयमिक विद्यालय रायलमा अध्ययरत थिइन्, आंकाक्षा उनका बुवा पूर्ण त्यही विद्यालयका शिक्षक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad