बैतडीको सुर्नया गाउँपालिका–७ का ३७ वर्षीय रघुवीर कुँवर मृतावस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका उनी शनिबार घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन्।
पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्न भनेर स्थानीय चौथाली बजार गएका थिए। कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय (बैतडी) ले जनाएको छ।
24
Shares
प्रतिक्रिया