ad ad

खेल


समूह बी का ४ टोली भिड्दै, वेल्सको आशा कम, इङ्ल्याण्ड करिब पक्का

समूह बी का ४ टोली भिड्दै, वेल्सको आशा कम, इङ्ल्याण्ड करिब पक्का

नेपालखबर
मंसिर १४, २०७९ बुधबार ०:२८, काठमाडौँ

विश्वकप फुटबलमा समूह बी का टोलिबिच समूहको अन्तिम खेलमा प्रतिस्पर्धा हुँदै छ।

समूहका सबै टोलीका लागि अघिल्लो चरणको सम्भावना खुल्ला छ। वेल्सको अघिल्लो चरण सम्भावना कठिन देखिएको छ भने इङ्ल्याण्ड करिव अघिल्लो चरण पुग्ने पक्का जस्तै देखिएको छ। 

इङ्ल्याण्ड र वेल्स तथा इरान र अमेरिका राति १२ः४५ मा एकसाथ भिड्नेछन्।

दुई खेलमा ४ अंक जोडेको इङ्ल्याण्डले ४ गोल बढी गरेको छ। वेल्सको मात्रै १ अंक छ। र उसले २ गोल बढी खाएको छ। वेल्सलाई अघिल्लो चरण पुग्नका लागि इङ्ल्याण्डलाई कम्तीमा ३–० ले पराजित गर्नुपर्छ।

यस्तै इरान र अमेरिका मध्य पनि एउटा टोलीको अघिल्लो चरणको सम्भावना बाँकी छ। इरानसँग ३ अंक हुँदा अमेरिकाको २ अंक छ।

आजको खेल जित्ने टोली अघिल्लो चरणमा जाने निश्चित छ। तर यो खेल बराबरी भएको खण्डमा भने वेल्स विजयी भए उपविजेताका रुपमा समूह चरण पार गर्नेछ।

यस्तो अवस्थामा पराजित भए पनि इङ्ल्याण्ड विजेताकै रुपमा अघि बढ्ने छ। अमेरिकाले यसअघिका दुवै खेल बराबरी खेलेको थियो। 

वेल्सले एक बराबरी र एक खेलमा हार व्यहोरेको छ। इरान इङ्ल्याण्डसँग पराजित भएको थियो भने वेल्सलाई पराजित गरेको थियो। समूह बी को विजेताले सेनेगलसँग र उपविजेताले नेदरल्याण्ड्ससँग अन्तिम १६ मा खेल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .