ad ad

खेल


२० वर्षपछि विश्वकपको नकआउट चरणमा सेनेगल

२० वर्षपछि विश्वकपको नकआउट चरणमा सेनेगल

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २२:४७, काठमाडौँ

कतार विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्दै सेनेगल नकआउटमा पुगेको छ। पहिलो खेलमा सुखद् नतिजा निकाले पनि सेनेगलसँग पराजित भएसँगै इक्वेडरको भने विश्वकप यात्रा समूहचरणमै सकिएको छ। 

खालिफा इन्टरनेशनल स्टेडियममा मंगलबार भएको खेलमा सेनेगलले इक्वेडरलाई २–१ ले पराजित गरेको हो। अन्तिम खेलमा बराबरी नतिजा निकालेको भए पनि इक्वेडर अघिल्लो चरण प्रवेश गर्थ्यो। तर सेनेगलको अग्रता तोड्दै ६७ औं मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल गर्दै खेल बराबरी गरे पनि त्यसलाई ३ मिनेट मात्रै जोगाउन सक्यो। ७४ औं मिनेटमा सेनेगलका लागि कलिडउ कौलिवालीले गोल गर्दै सेनेगलको नकआउट चरण पक्का गरे। 

चौथोपटक विश्वकप खेलेको इक्वेडर तेस्रोपटक समूह चरणबाट नै बाहिरिएको हो। सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको इक्वेडर समूह चरणबाट नै बाहिरिएको थियो। २००६ को विश्वकपमा अन्तिम १६ बाट बाहिरएको इक्वेडर २०१४ मा पनि समूह चरणबाट अघि बढ्न सकेको थिएन। 

२०१८ को विश्वकपमा छनोट हुन नसकेको इक्वेडरको यो पटक अघिल्लो चरण पुग्ने बलियो सम्भाबना भए पनि सेनेगलले ब्रेक लगाइदियो।
सेनेगल तेस्रो पटक विश्वकप खेल्दै छ। पहिलो सहभागितामा तहल्का मच्चाएको सेनेगलको १६ वर्ष पछिको विश्वकप भने सुखद् हुन सकेन। २००२ मा क्वार्टर फाइनलमा पुगेको थियो। 

तर २०१८ को विश्वकप समूह चरणमै टुंगिएको थियो। २० वर्षपछि पुनः अघि बढेको हो। अब सेनेगलले समूह बीको विजेतासँग क्वार्टर फाइनल प्रवेशका लागि खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .