घरेलु टोली कतारविरुद्ध नेदरल्याण्डस्ले अग्रता दोब्बर बनाएको छ।
अल बायत स्टेडियममा खेलको ४९ औँ मिनेटमा फ्रेन्की डि जोङले गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेदरल्याण्डस्ले दोस्रो हाफमा अर्को गोल थपेको हो।
यसअघि खेलको २६ औँ मिनेटमा कोडी गाक्पोको गोलमा नेदरल्याण्डस्ले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो।
गाक्पोले डेभी क्लासेनको पासमा गोल गरेका थिए।
प्रतिक्रिया