खेल


मेक्सिकोसँग जितेपछि मेस्सीले भने– हामी बल्ल विश्वकपमा आइपुग्यौं

मेक्सिकोसँग जितेपछि मेस्सीले भने– हामी बल्ल विश्वकपमा आइपुग्यौं

नेपालखबर
मंसिर ११ , काठमाडौँ

अर्जेन्टिनी फुटबल स्टार लियानेल मेस्सीले शनिबार भएको मेक्सिकोसँगको खेलमा जित हात पारेसँगै आफूहरु बल्ल कतार विश्वकपमा आइपुगेको बताएका छन्।

शनिबार भएको खेलमा २–० को जित हात पारेसँगै उनले अब वास्तविकरुपमा आफूहरुको विश्वकपको यात्रा सुरु भएको बताएका हुन्। 

अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरको पराजय सामना गरेको थियो। जसको शनिबारको खेलमा अर्जेन्टिना जित्नैपर्ने दबाबमा थियो। यस्तोमा शनिबारको खेलको पहिलो हाफमा अर्जेन्टिनाले उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन। यद्यपि दोस्रो हाफमा भने लियोनेल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण जित दिलाए। 

‘हामीलाई यो नतिजा आवश्यक थियो’, मेस्सीले भने, ‘खेलको दोस्रो हाफमा बल्ल हामीले विश्वकपको वास्तविक डेब्यु गर्‍यौं।’

‘पहिलो खेल हाम्रोलागि निकै कठिन थियो। यो सामान्य हो। पहिलो खेलमा धेरै दबाब हुन्छ र हामीसँग धेरै युवा खेलाडी छन् र यो उनीहरुले पहिलो विश्वकप पनि हो। तर, यो बहानाले चल्दैन, हामीले राम्रो खेल्न नसकेकै हो’, मेस्सीले भने। 

मेस्सी आफ्नो पाँचौं विश्वकप खेलिरहेका छन्। उनले आफ्नो फुटबल करियरका अन्य सबैजसो उपाधि जिते पनि विश्वकपको उपाधि भने टोलीलाई जिताउन सकेका छैनन्। समूहको शीर्षस्थानमा रहँदै माथिल्लो चरणमा पवेशका लागि समूहको अन्तिम खेलमा उसले पोल्याण्डलाई हराउनुपर्ने हुन्छ। 

‘आज अर्जेन्टिनाको लागि अर्को विश्वकप सुरु भएको छ’, मेस्सीले भने, ‘म मानिसहरुलाई के भन्न चाहन्छु भने तपाइँहरु आफ्नो विश्वास नगुमाउनुहोस्। आज हामीले जे गर्नुपर्ने थियो त्यो गर्‍यौं। हामीसँग अर्को विकल्प थिएन। हामीले जित्नैपर्ने थियो, त्यसैले हामी आफैंमा निर्भर रह्यौं।’ 

मंसिर ११, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.