ad ad

खेल


विश्वकप फुटबल : पहिलो हाफमा मोरक्को र क्रोएसिया गोलरहित

विश्वकप फुटबल : पहिलो हाफमा मोरक्को र क्रोएसिया गोलरहित

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १६:३५, काठमाडौँ

मोरक्कोले कतार विश्वकपमा साबिक उपविजेता टोली क्रोएसियालाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ। 

अल बायत स्टेडियममा बुधबार जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। 

खेलको पहिलो हाफमा ५८ प्रतिशत बल पोजिसन बनाएको क्रोएसियाले गोल गर्न पाएको सुन्दर मौकालाई सदुपयोग गर्न सकेन। 

खेलको १३औँ मिनेटमा हाकिम जियेचको प्रहार असफल हुँदा मोरक्कोले अग्रता बनाउने मौका गुमायो। 

१७औँ मिनेटमा इभान पेरिसिकको प्रहार पोष्टको माथिबाट बाहिरियो। खेलको २५औँ मिनेटमा इन नेस्रीको प्रहारले पोष्टको गति लिन नसक्दा अग्रता बनाउने मौका गुमायो। 

पहिलो हाफमा इन्ज्युरी समयमा क्रोएसियाका भ्लासिकले गरेको प्रहार मोरक्कोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। 

सन् २०१८ को उपविजेता क्रोएसिया यो पटक विश्वकप जित्ने दाउमा छ। छैटौँ पटक विश्वकप खेल्न लागेको मोरक्कोले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। 

समूह ‘एफ’मा कमजोर टोलीको रुपमा रहेको मोरक्को यो पटक समूह चरण पार गर्दै नयाँ इतिहास बनाउन चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .