ad ad

खेल


उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित, साउदीको कीर्तिमानी जित

उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित, साउदीको कीर्तिमानी जित

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १७:५२, काठमाडौँ

उपाधि दाबेदार अर्जेन्टिना विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ। 

अल दयानस्थित लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो। 

साउदीसँग हार भोगेसँगै विश्वकपमा लगातार ३७ खेलमा अपराजित रहेको अर्जेन्टिनाको यात्रामा पुर्णविराम लागेको छ।  

पहिलो हाफमा १–० पछि परेको साउदीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सानदार सुरुवात गरेको हो। 

खेलको नवौँ मिनेटमा पेनाल्टी मार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा हारबाट विश्वकपको सुरुवात गरेको छ। 

खेलको नवौँ मिनेटमा साउदी अरेबियाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।  

खेलको १० औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी अवसर खेर जान दिएनन्। 

खेलमा अर्जेन्टिनाले ३ गोल साउदी अरेबियाको पोष्टमा गरेपनि रेफ्रीले अफसाइड दिँदै गोलको मान्यता दिएनन्। 

खेलको ४८ औँ मिनेटमा सलेह अलसेहरी गोल गर्दै साउदीलाई बराबरीमा ल्याएका थिए। त्यसको पाँच मिनेटपछि नै सलिम अलदावसरीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

खेलमा अर्जेन्टिनाले राम्रो मुभ बनाए पनि साउदीको रक्षापंक्ति तोड्न भने नसक्दा हार भोग्न बाध्य भएको हो। साउदीले अर्जेन्टिनालाई हराएको याे पहिलोपटक हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .