ad ad

खेल


अर्जेन्टिना र साउदी अरेबियाको खेल सुरु

अर्जेन्टिना र साउदी अरेबियाको खेल सुरु

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:४५, काठमाडौँ

विश्वकप फुटबलअन्तर्गत समूह सीको पहिलो खेल सुरु भएको छ। 

अर्जेन्टिना र साउदी अरेबिया कतारको सबैभन्दा ठूलो रंगशाला लुसाइल स्टेडियममा आमनेसामने भएका हुन्। 

अर्जेन्टिना आफ्ना नियमित कप्तान मेस्सीको नेतृत्वमा मैदान उत्रिएको छ। 

साउदीविरुद्ध फरवार्डमा मेस्सीसँगै एन्जल डिमारिया र लौटारो मार्टिनेजले सम्हालेका छन्। मिडफिल्डमा डे पउल, पुप गेमज र परेडेसलाई उतारेको छ। 

सेन्टर मिडेफन्डरमा रोमेरो र ओटामेन्डिलाई जिम्मा दिँदा दुई साइडमा मोलिना र टाग्लिफिकोलाई मौका दिइएको छ। गोलरक्षक भने इमिलियानो मार्टिनेज छन्। 

अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाले फरवार्डमा फरेस अल्ब्रीकनलाई मात्रै सुरुवातमा खेलाएको छ। 

मिडफिल्डमा अल सेहरी, सलेम अल्डासरी, सलमान अल–फराज, अब्दुल्लेहा अल्माकी, मोहम्मद कानो र डिफेन्समा  एसर अल्साहरानी, अली अल्बुल्याही, हसन तम्बक्ती र साउद अब्दुल्लामिदले मौका पाएका छन्। मोह्म्मद अलाओसले सुरुवाती ११ मा स्थान बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .