ad ad

खेल


आज डेनमार्क र ट्युनिसिया भिड्दै, कुन बलियो?

आज डेनमार्क र ट्युनिसिया भिड्दै, कुन बलियो?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १३:६, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार समूह डीका दुई टोलीहरु डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदै छ।

कतारको अल रयानस्थित एजुकेसन सिटी स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ।

तुलनात्मक हिसाबमा हेर्ने हो भने डेनमार्क बलियो टोली हो। मंगलबारको खेल दुवै टोलीलाई निकै महत्वपूर्ण छ। यी दुवै टोलीले समूहको अर्को खेलमा फ्रान्सलाई हराउन सक्ने सम्भावना कम छ। त्यसैले पनि नकआउट चरणमा पुग्न आजको खेलमा जित निकाल्नु यी दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ। अर्को खेलमा फिफाको ३८ औं वरीयतामा रहेको अष्ट्रेलिया पनि यी दुवैको लागि कठिन प्रतिस्पर्धी टोली हो। त्यसैले मंगलबारको जित माथिल्लो चरणमा पुग्नको लागि निर्णायक बन्न सक्छ। 

डेनमार्क


डेनमार्क छैटौंपटक विश्वकपमा सहभागी हुन लागेको हो। डेनमार्कको लागि अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि १९९८ को विश्वकपको क्वार्टरफाइनलमा पुग्नु हो।  
पहिलोपटक डेनमार्कले सन् १९८६ को विश्वकपमा सहभागिता जनाएको थियो। उक्त विश्वकपको अन्तिम १६ सम्मको यात्रा तय गरेको डेनमार्कले सन् २००२ मा पनि अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो।

२००६ र २०१४ मा विश्वकपमा छनोट हुन नसकेको डेनमार्क सन् २०१० मा समूह चरण र सन् २०१८ मा अन्तिम १६ बाट बाहिरिएको थियो। 
डेनमार्कले विश्वकपका २० खेल खेल्दा ९ मा जित र ५ मा बराबरीको नतिजा निकालेको छ। 

डेनमार्कको टोली 
गोलरक्षकः कास्पेर जाइर, ओलिभर क्रिस्टेनसेन, फ्रेडेरिक रोनो

डिफेन्डरः साइमन कजायर, जोआकिम एन्डरसन, भिक्टर नेल्सन, जोकिम माहेले, एन्ड्रियास क्रिस्टेनसेन, रासमुस क्रिस्टेनसेन, जेन्स स्ट्राइगर लार्सन, भिक्टर नेल्सन, डेनियल वास 

मिडफिल्डरः थोमस डेलानी, म्याथियास जेन्सेन, क्रिश्चियन इरिक्सन, पियरे–एमिल शोज्ब्जर्ग, क्रिस्टियन नर्गार्ड

फरवर्डः युसुफ पोउलसेन, आन्द्रेस कोभ ओल्सेन, जेस्पर लिन्डस्ट्रोम, आन्द्रेस कोर्निलुस, मार्टिन ब्रेथवेट, कास्पर डोलवर्ग, मिक्कील डामगार्ड, जोनस विन्ड, रोबर्ट स्कोभ

ट्युनिसिया 


ट्युनिसियाले पनि अहिलेसम्म पाँचपटक विश्वकपमा उहभागिता जनाएको छ। ट्युनिसियाले सन् १९७८ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाएको थियो। यो टोलीले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। अहिलेसम्म विश्वकपमा खेलेको १५ मध्ये २ खेलमा मात्र यो टोलीले जित हात पारेको छ भने चार खेलमा बराबरीको नतिजा हात पारेको छ। अन्य खेलमा ट्युनिसियाले पराजयको सामना गरेको छ।

ट्युनिसियाको टोली
गोलकिपर : आयमेन दाहमेन, मोएज हसन, बेचिर बेन सइद, आयमेन माथलोथी 

डिफेन्डर : अली अब्दी, मोहम्मद ड्रेगर, अली मालौल, वाजदी केच्रिडा, नादेर गान्द्री, यासिन मेरिया, बिलेल इफा, डिलन ब्रोन, मोन्टासर तालबी 

मिडफिल्डर : एलिस स्किरी, घाइलेन चालाली, आइसा लाइदौनी, मोहम्मद अली बेन रोमधाने, फेरजानी ससी, ह्यानिबल मेजब्री 

फरवार्ड : युसेफ मसकनी, सेफेद्दीन जाजिरी, नइम स्लिती, इसाम जेबाली, ताहा यासिन खेनिसी, एनिस बेन स्लिमाने, वाहबी खजरी

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीको बीचमा सन् २००२ मा एकपटक मात्र भिडेका छन्। उक्त खेलमा डेनमार्कले ट्युनिसियामाथि २–१ गोल अन्तरको जित हात पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .