ad ad

खेल


महत्वपूर्ण खेलमा भिड्दै पोल्याण्ड र मेक्सिको, कसले मार्ला बाजी?

महत्वपूर्ण खेलमा भिड्दै पोल्याण्ड र मेक्सिको, कसले मार्ला बाजी?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:५, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार समूह सीका दुई टोलीहरु पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदै छ।

गत साता चिलीलाई १–० ले पराजित गरेको पोल्याण्ड उच्च आत्मविश्वासका साथै मैदानमा उत्रिनेछ। नेपाली समयअनुसार पौने १० बजे सुरु हुने खेल कतारको स्टेडियम ९७४ मा हुनेछ। 

पोल्याण्ड र मेक्सिको दुवैको लागि माथिल्लो चरणमा पुग्न मंगलबारको खेल महत्वपूर्ण हुन सक्छ। पोल्याण्ड गत विश्वकपमा समूहचरणबाटै घर फर्किएको थियो। यद्यपि मेक्सिको भने पछिल्लो आठ विश्वकपमा लगातार समूह चरण पार गर्दै आएको छ। यद्यपि विश्वकपअघिको मैत्रीपूर्ण खेलमा भने मेक्सिको स्वीडेनसँग २–१ गोल अन्तरले पराजित भएको थियो। 

मेक्सिको 


फिफा विश्वकपमा मेक्सिकोको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको क्वार्टफाइनलसम्मको यात्रा तय गर्नु नै हो। 

विश्वकपको पहिलो संस्करण १९३० मा सहभागिता जनाएको मेक्सिकोले पहिलो चरणसम्मको यात्रा तय गरेको थियो। त्यसपछिका दुई संस्करण सहभागी नभएको मेक्सिको त्यसपछिका ५ संस्करणमा पहिलो चरणसम्म पुगेको थियो। 

सन् १९७० मा क्वार्टरफाइनल पुगेको मेक्सिको १९७४ मा भने सहभागी भएन। सन् १९७८ मा पहिलो चरणसम्म पुगेको मेक्सिको १९८२ मा सहभागी भएन। सन् १९८६ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको मेक्सिकोले १९९० मा भने विश्वकपमा सहभागी भएन। सन् १९९८ देखि २०१८ सम्म अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। 

मेक्सिकोले कतार विश्वकपका लागि वुल्भ्सका फरवार्ड राउल जिमेनेजलाई समेट्दै मेक्सिकोको विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ। कम्मरका चोटका कारण टोलीबाहिर रहेका ३१ वर्षीय जिमेनेजले यो सिजनमा वुल्भ्समा ४ खेल मात्र खेलेका छन्। 

मेक्सिकोका लागि ९४ खेलमा २९ गोल गरेका जिमेनेज प्रिमियर लिगका एक मात्र खेलाडी हुन्। टोलीमा नेपोलीका फरवार्ड हिरभिंग लोजानो र अजाक्सका  एडसन अल्भारेज र जर्ज सान्चेज समावेश छन्। 

मेक्सिकोको टोली
गोलकिपर :  गुइलेर्मो ओचोआ , अल्फ्रेडो तालाभेरा, रोडोल्फो कोटा 

डिफेन्डर : जर्ज सान्चेज , केभिन अल्भारेज , नेस्टर अराउजो, जोहान भास्क्वेज , हेक्टर मोरेनो , सेजर मोन्टेस, जेरार्डो आर्टेगा, जेसस ग्यालार्डो 

मिडफिल्डर : एन्ड्रेस गार्डाडो, हेक्टर हेरेरा, चार्ली रोड्रिग्वेज, एरिक गुटिएरेज, लुइस चाभेज, एडसन अल्भारेज, ओरबेलिन पिनेडा, लुइस रोमो 

फरवार्ड : एलेक्सिस भेगा , हिर्भिङ लोजानो , राउल जिमेनेज, रोबर्टो अल्भाराडो, उरियल एन्टुना, हेनरी मार्टिन, रोजेलियो फ्युनेस मोरी 

पोल्याण्ड 


विश्वकपको इतिहासमा पोल्याण्डले ८ पटक मात्र सहभागिता जनाएको छ। 

विश्वकपमा पोल्याण्डको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको सन् १९८२ मा सेमिफाइनलमा पुग्दै तेस्रो स्थानका लागि खेलेको थियो। 
विश्वकपको सुरुवाती दुई संस्करण नखेलेको पोल्याण्डले १९३८ मा सहभागिता जनाएको थियो। 

त्यसपछिका ६ संस्करणमा सहभागी नभएको पोल्याण्ड त्यसपछिका ४ संस्करण लगातार खेलेको थियो। सन् १९९० देखि ९८ सम्मका तीन संस्करण नखेलेको पोल्याण्डले २००२ र २००६ मा सहभागिता जनाएको थियो।

त्यसपछिका २ संस्करण सहभागी नभएको पोल्याण्ड सन् २०१८ मा पहिलो चरणसम्मको यात्रा तय गरेको थियो।  पोल्याण्ड यो पटकको विश्वकपमा डार्क हर्स टोलीको रुपमा निस्कने आशा गरिएको छ। 

पोल्याण्डको मुख्य हतियार भनेको कप्तान रोबर्टो लेवान्डोस्की हुन्। लेवान्डोस्कीका लागि नेपोलीका मिडफिल्डर पिओटर जिईलिन्स्की र युभेन्ट्सका फरवार्ड अर्काडियस मिलिकको साथ महत्वपूर्ण हुनेछ। 

पोल्यान्डको टोली 
गोलरक्षक : वजसे स्क्याजनी, लुकास कोरुप्स्की, कामिल ग्राबारा  

डिफेन्डर : कामिल ग्लिक, बार्तोस्ज बेरिसजिन्स्की, जान बेदनारेक, म्याटी क्यास, रोबर्ट गम्नी, आर्तुर जेड्रेसजेक, ज्याकुब किविअर, म्याट्युज विटेस्का, निकोला जालेवस्की 

मिडफिल्डर : पियोत्र जिलिन्स्की, कामिल ग्रोसिकी, गर्जेगोर्ज क्रिचोवियाक, डामियान जिम्यान्स्की, सेबास्टियन जिम्यान्स्की, प्रजिम्यास्ल फ्रान्कोवस्की, क्रिस्टियन बाइलिक, ज्याकुब कामिन्स्की, माइकल कोरास, जिमन जुर्कोवस्की 

फरवार्ड : रोबर्ट लेवान्डोवस्की, आर्काडियुस्ज मिलिक , किर्जिस्टोफ पियाटेक, कारोल स्विडेर्स्की 

हेड टु हेड 
अहिलेसम्म पोल्याण्ड र मेक्सिको आठपटक आमनेसामने भएका छन्। जसमध्ये दुवै टोलीले ३/३ खेलमा जित हात पारेका छन् भने दुई खेल बराबरीमा सकिएको छ। पोल्याण्ड र मेक्सिको सन् १९७८ को विश्वकपमा पहिलोपटक आमनेसामने भएका थिए। उक्त खेल पोल्याण्डले ३–१ गोल अन्तरले जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .