कतार विश्वकप २०२२ अन्तर्गत समूह बी को दोस्रो खेलमा सोमबार मध्यराति वेल्स र अमेरिका भिड्दै छन्।
यी दुई टोली बीचको खेल अहमद अलि स्टेडियममा राति पौने १ बजेपछि सुरु हुनेछ।
वेल्सले अमेरिकासँग खेल्दै वेल्स ६४ वर्षपछि विश्वकपको यात्रा पुनः सुरु गर्न लागेको हो। विश्वकपमा दोस्रो पटक सहभागिता जनाएको वेल्सका कप्तान ग्रेथ वेल आफ्नो कप्तानीमा टोलीलाई नयाँ उचाइ दिलाउन चाहन्छन्।
सन् १९५८ मा पहिलो पटक विश्वकप खेलेको वेल्सले क्वार्टफाइनलसम्मको यात्रा तय गरेको थियो। वेल्सले त्यसयता विश्वकप खेलेको छैन।
वेल्सका कप्तान बेलले भने, ‘यो मेरो लागि ठुलो सम्मान हो, मैले आफ्नो देशका लागि प्रतिनिधित्व गरिरहेको छ। यो हाम्रो देशको लागि नै ऐतिहासिक कुरा हो। हामी देशको लागि केही गर्न चाहान्छौँ र धेरै अगाडि बढ्नु छ।’
बेथको कप्तानीमा रहेको वेल्सलाई गोल्डेन जेनेरेसनका रुपमा लिइएको छ। जसले ५८ वर्षपछि युरो कप २०१६ मा छनोट हुँदै सेमिफाइनलमा पुगेको थियो भने युरो २०२० को दोस्रो राउण्ड सम्मको यात्रा तय गरेको थियो।
ग्रेथ बेल र फुलहममा लोनमा रहेका ड्यानियल जेम्स यसपटकको विश्वकपमा वेल्सका आशलाग्दा खेलाडी हुन्।
उता अमेरिकाले वेल्ससँग खेल्दै ११ औँ पटक विश्वकपको यात्रा सुरु गर्दै छ। सन् २०१८ को विश्वकप नखेलेको अमेरिकाले सन् २०१४ पछी विश्वकप खेल्न लागेको हो।
विश्वकपमा अमेरिकाको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको सन् १९३० मा तेस्रो स्थानका लागि स्पर्धा गर्नु नै हो। अमेरिकाले सन् १९३०, १९३४, १९५० को विश्वकप खेलेको थियो। सन् १९५४ पछि १९८६ सम्म विश्वकप नखेलेको अमेरिकाले १९९० देखि २०१४ सम्म खेलेको थियो।
ग्रेग बरहाल्टरको टोलीमा पर्याप्त युवा खेलाडी छन्। चेल्सीका क्रिस्टियन प्युलिसिकले यसपटक मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ भने बोरुसिया डर्टमन्डका जियो रेनामाथि आक्रमण मुख्य जिम्मेवारी छ।
अमेरिकाको टोली
गोलरक्षक : इथान होर्वाथ, सिन जोनसन र म्याट टर्नर
डिफेन्डर : क्यामरन कार्टर भिकर, सर्जिनो डेस्ट, आरोन लंग, शाक मुरे, टिम रिम, एन्टोनी रोबिन्सन, जोय स्क्याली, डियान्द्रे येडलिन, वाकर जिमरम्यान
मिडफिल्डर : ब्रेन्डन आरोन्सन, केलिन अकोस्टा, टाइलर आडम्स, ल्युका डे ला टोरे, वेस्टन म्याकिनी, युनुस मुसा, क्रिस्टियन रोल्डान
फरवार्ड : जेसस फेरेइरा, जोर्डन मोरिस, क्रिस्टियन प्युलिसिक, जियो रेना, जोस सर्जेन्ट, टिम विया, हाजी राइट
वेल्सको टोली
गोलरक्षक : वायन हेनेसी, डेनी वार्ड, एडम डाभिस
डिफेन्डर : नेको विलियम्स, बेन डाभिस, बेन काबाङ्गो, जो रोडन, क्रिस मेफाम, एथन एमपाडु, क्रिस गन्टर, कोनर रोबर्टस्, टोम लकर
मिडफिल्डर : आरोन राम्सी, जोय एलन, ह्यारी वील्सन, जोम मोरेल, डिलन लेविट, रुविन कोलवील, जोनी वीलियम्स, म्याथु स्मिथ, सोर्वा थोमस
फरवार्ड : ग्यारेथ बेल, डेन जेम्स, किफर मुरे, मार्क ह्यारिस, ब्रेनान जोन्सन
प्रतिक्रिया