ad ad

खेल


कतार विश्वकपका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने १० खेलाडी

कतार विश्वकपका सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने १० खेलाडी

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:५५, काठमाडौँ

आइतबारदेखि कतारमा सुरु हुन गइरहेको फिफा विश्वकप २०२२ मा धेरै अनुभवी खेलाडीहरुले सहभागिता जनाउन लागेका छन्। फिफाको २२ औं संस्करणको विश्वकप प्रतियोगिता केही दिग्गज फुटबल खेलाडीहरुको लागि भने अन्तिम हुन सक्छ।  

यस विश्वकपमा सहभागी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल खेलेका १० खेलाडी यस्ता छन्–

१. क्रिस्टियानो रोनाल्डो 


पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो यो सूचीको शीर्षस्थानमा छन्। उनले पछिल्लो समय उनको क्लब म्यानचेस्टर युनाइटेडसँग विवाद उत्पन्न भए पनि उनी यसपटक बलियो आत्मविश्वासका साथ कतार आएका छन्। 

रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १९१ खेलमा उपस्थिति जनाएका छन्। यो क्रममा उनले ११७ गोलसमेत गरेका छन्। केही वर्षअघिसम्म पोचुगललाई कमजोर टोली मानिन्थ्यो तर रोनाल्डोको नेतृत्वमा यो टोली बलियो टोलीको रुपमा उदाएको छ। 

२. लियोनल मेस्सी 


अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले अर्जेन्टिनाको लागि १६४ खेलमा सहभागिता जनाएका छन्। यो क्रममा उनले ९० गोलसमेत गरेका छन्। पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका मेस्सीले सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए। 

यसपटकको विश्वकपमा पनि ब्राजिल र अर्जेन्टिनालाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ। 

३. लुका मोड्रिच 


क्रोएसियका लुका मोड्रिच यो विश्वकपमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीमध्येका एक हुन्। उनले अहिलेसम्म क्रोएसियाको लागि १५४ खेलमा सहभागिता जनाएका छन्।

यो क्रममा उनले २३ गोलसमेत गरेका छन्। उनले गोलभन्दा पनि धेरै गोलमा सहयोगीको भूमिका निर्वाह गरेका छन्। सन् २०१८ को विश्वकपमा उनले टोलीको लागि निकै महत्वपूर्ण योगदान दिएका थिए। जसको कारण उनले उक्त वर्षको बालोन डे’ओरको उपाधि पनि जितेका थिए। 

४. जन भटोंगेन 


बेल्जियमका यी खेलाडीको नाम यो सूचीमा अनपेक्षित नाम हो। यो सूचीको उत्कृष्ट १० भित्र पर्ने उनी बेल्जियमका एकमात्र खेलाडी हुन्। उनले अहिलेसम्म बेल्जियमका लागि १४१ खेलमा सहभागिता जनाइसकेका छन्। बेल्जियमका यी डिफेनडरले गत विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनले जापानविरुद्धको खेलमा पहिलो गोल गरेका थिए। 

५. सर्जिओ बुस्केट्स

 
स्पेनका मिडफिल्डर सर्जिओ बुस्केट्सले अहिलेसम्म स्प्नका लागि १३९ खेलमा सहभागिता जनाएका छन्। जाभी र इनिएस्टासँग पनि खेलेका बुस्केट्स यो विश्वकपमा यसपटक पनि सहभागी छन्। उनले अर्को विश्वकपमा पनि सहभागिता जनाउन सक्ने सम्भावना छ। 

६. रोबर्ट लेवान्डोस्की 


पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले अन्तर्राष्ट्रिय फुटबलमा १३४ खेल खेलेका छन्। उनले आफ्नो टोलीको लागि ७६ गोल गरेका छन्। उनले सन् २०२१ को फिफा वर्ष खेलाडीको उपाधि पनि जितेका थिए। बार्सिलोनाबाट व्यावासायिक फुटबल खेल्दै आएका उनले क्लबस्तरमा पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। 

७. लुइस स्वारेज 


उरुग्वेका लुइस स्वारेज पनि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल्ने खेलाडीमध्येका एक हुन्। स्वारेजले मेस्सी–रोनाल्डोको युगमा पनि उनले दुईपटम  गोल्डेन बुट जितेका छन्। उनले अहिलेसम्म उरुग्वेको तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा १३४ खेलमा सहभागिता जनाएका छन्। यो क्रममा उनले ६६ गोल गरेका छन्। पटिल्लो तीन विश्वकपमा उनले ७ गोल गरेका छन्। 

८. नेयमार जुनियर 


ब्राजिलका फुटबल स्टार नेयमार जुनियरले ब्राजिलको लागि अहिलेसम्म १२१ खेलमा सहभागिता जनाएका छन्। यो क्रममा उनले टोलीका लागि ७५ गोल पनि गरेका छन्। यसपटक ब्राजिललाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ। 

९. ओलिभर जिरुड 


फ्रान्सका ओलिभर जिरुड यस विश्वकपमा सहभागी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल्ने खेलाडीमध्येका एक हुन्। उनले अहिलेसम्म फ्रान्सका लागि ११७ खेल खेलेका छन्। यो क्रममा उनले ४९ गोल गरेका छन्। सन् २०१८ को विश्वकपमा उनले १३ खेल खेलेका थिए। तर, यो विश्वकपमा उनले एक गोल पनि गर्न सकेका थिएनन्। यसपटकको विश्वकपमा भने उनले राम्रो प्रदर्शन गर्न सक्ने अनुमान छ। 

१०. एडिसन काभानी 


उरुग्वेका एडिसन काभानीले ११३ अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागिता जनाएका छन्। उनले उरुग्वेका लागि ११३ खेलबाट ५८ गोल गरेका छन्। काभानीले सन् २००८ मा उरुग्वेको टोलीमा डेब्यु गरेका थिए। यसपटकको विश्वकपमा उरुग्वेको लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .